Logo
१३ बैशाख २०८१, बिहीबार
(March 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मैथिलीमा ओलीले सोधे ‘मोर्चाले हामीलाई किन बाँस देखाएको ?’

सप्तरी, फाल्गुण २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको एकता, संविधान कार्यान्वयन र चुनावको सुनिश्चितताका लागि आफूहरु मेची–महाकाली यात्रामा निस्किएको बताएका छन् । “मधेसलाई समृद्धिमा लैजाने कि यसै छाड्ने ?,” उनको प्रश्न थियो, “मधेसी मोर्चाले हामीलाई बाँस किन देखाएको ?”

सप्तरीको राजविराजमा भएको सभालाई मैथिलीमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले मधेस समृद्धिमा लैजाने कि यसै छाड्ने भन्दै प्रश्न समेत गरेका थिए । उनले कालोझण्डा देखाउँदैमा एमाले मधेसमा सकियो भन्ने नठान्न पनि चेतावनी दिए । “चारवटा कालो झण्डा देखाएर तराईमा एमाले छैन भन्ने नठानियोस् । एमाले पाहुना पार्टी जस्तै आउने जाने पार्टी होइन,” उनले भने ।

उनले विचौलियाले आफूहरुको सभालाई विथोल्न खोजेको आरोप पनि लगाए । उनले भने,“ढुंगा हान्न सिकाउने, कालो झण्डा बोक्न भन्दा सूर्य भएको झण्डा बोक्नुहोस् ।”

माधव नेपालले–मेरो ससुराली आएको हुँ
काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले मधेसमा जातभात फुटाउने काम नगर्न आग्रह गरेका छन् । सप्तरीको राजविराजमा भएको सभालाई सम्बोधन गर्दै उनले अहिले पनि जातभात फुटाउने षडयन्त्र भैरहेको बताए ।

“एमालेका बारेमा अनावश्यक प्रचार भैरहेको छ,” मैथिलीमा सम्बोधन गर्दै उनले भने, “म राजविराज ससुराली आएको छु, राजविराजमा मेरो भाइको ससुराली हो ।” उनले सप्तरी कम्युनिष्ट भूमि भएको भन्दै हिमालदेखि दक्षिणसम्म एमालेले माला उन्न चाहेको बताए । उनले आफ्नो पनि सभा गरेर अरुलाई अवरोध नगर्न मोर्चामा आवद्ध राजनीतिक दलका नेताहरुलाई आग्रह गरे ।

प्रकाशित मिति: Mar 6, 2017

प्रतिक्रिया दिनुहोस्