Logo
१५ चैत्र २०८०, बिहीबार
(March 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबैभन्दा लामो कपाल भएकी यी हुन् विश्‍वकै महिला

एजेन्सी: प्राय महिलाहरु कालो, बाक्लो र सिल्की कपालका सौखिन हुन्छन्। तर एउटा महिला कपाल पाल्‍ने सौखले विश्‍‍वमै लोकप्रिय बन्‍दै गइरहेकी छिन् । अमेरिकाको फ्लोरिडामा रहँदै आएकी उनको नाम हो आशा मण्डेला । आशाकाको कपाल यति लामो छ की तपाई सुनेरै छक्‍क पर्नुहुन्छ। उनले पालेको कपालको लम्‍बाई करीब ५५ फिट र १६ किलो रहेको छ ।

उनलाई आफ्नो कपाल धुन मात्रै ६ वटा बोतल स्याम्पू लाग्छ भने कपाल पखालिसकेपछि सुकाउन मात्रै दुई दिन लाग्‍ने गर्दछ। उनले पालेको कपाल २५ वर्षदेखि कहिल्‍यै काटेकी छैनन् । उनले पालेको कपालकै कारण उनलाई जीवनसाथी पाउन निक्‍कै मुस्किल भएको थियो। तर पछि उनले इमानुएल शेग नामक एक हेयर ड्रेसरसँग नै प्रेम विवाह गरिन् ।

उनको प्रेम प्रसँग पनि रोचक थियो। जब आशालाई उक्त हेयर ड्रेसरले पहिलो पटक भेटे, उनले पहिलो भेटमै विवाहको प्रस्ताव स्विकार गरिन् । यसअघि उनको विवाह नहुनुले कपाल बाधक रहेको भन्दै चिकित्सकले धेरै पटक कपाल काट्‍न सुझाव दिएका थिए । तर उनले डाक्टरको सुझाव सुनेनन् ।

त्यही हेयर ड्रेसरको सहयोगले आशाले पालेको कपाल अब कमाइमा परिणत भएको छ। उनले यही कपालबाट कपालसँग सम्बन्धित उत्पादनमा विज्ञापनमा खेल्‍ने मौका पाउँछिन् र राम्रो आम्दानी गरिरहेकी छिन् । यसका साथै विवाहपछि आशाले गिनिज अफ वर्ल्‍ड रेकर्डमा पनि आफ्नो नाम विश्‍वमै सबैभन्दा लामो कपाल भएकी महिला भनेर चिनाउन सफल भइन् ।

प्रकाशित मिति: Mar 6, 2017

प्रतिक्रिया दिनुहोस्