Logo
८ बैशाख २०८१, शनिबार
(March 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा एमाले सभा सुरुः एमाले र मोर्चा आमने–सामने

सप्तरी, फागुन २३ । मेची–महाकाली अभियानअन्तर्गत नेकपा एमालेले सप्तरीको गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा सभा सुरु गरेको छ । सभास्थलमा एक हजार जति कार्यकर्ता र शुभचिन्तक भेला भएका छन् तर स्थानियको सहभागिता भने छैन ।

ठाउँ ठाउँमा मधेसी मोर्चाको अवरोध छिचोल्दै हाइवेको बाटो हुदै उच्च प्रहरी सुरक्षाबिच एमाले कार्यकर्ता सभास्थल पुगेका हुन् । बाटोको छेउ र खेतमा बसेका मोर्चाका कार्यकर्ता एमाले नेता कार्यकर्ता सवार गाडी लक्षित गरी ढुंगा र गुलेलीले प्रहार गरेका थिए ।

यो भन्दा अगाडी इनरुवामा सभा गर्दे अभियानलाई सप्तरी तिर लम्काएका थिए । यता, मेची–महाकाली अभियान अन्तर्गत राजविराजमा सोमबारका लागि एमालेले तय गरेको कार्यक्रम भाड्न मधेसी मोर्चाले सप्तरी जिल्लामा चक्काजाम र प्रदर्शनका कार्यक्रम राखेको छ ।

सम्भावित मुठभेढलाई ध्यानमा राखि एमालेले राजविराजमा गर्ने भनिएको कार्यक्रम शहर बाहिर सारे पनि मोर्चाका कार्यकर्ता जसरी पनि एमालेलाई राजविराज वरिपरि कार्यक्रम गर्न नदिने भन्दै आइतबारदेखिनै प्रदर्शनमा उत्रिएका छन् ।

एमाले कार्यक्रम बिथोल्ने उदेश्यका साथ मोर्चाले राजबिराजमा सोमबार लाठी जुलुशको आयोजना गरेको छ । लाठी जुलुशका लागि कार्यकर्ता र आफ्ना समर्थकलाई राजविराजमा ल्याउन मोर्चाका नेताहरु गाँउगाँउमा परिचालित भएका छन् ।

एमालेले भने आफ्नो कार्यक्रमस्थल पहिले तोकिएको राजविराजस्थित राज रंगशालाबाट सारेर बजारभन्दा करिब तीन किलोमिटर उत्तर गजेन्द्र नारायण सिंह औंद्योगिक क्षेत्रमा तय गरेको छ । यो औंद्योगिक क्षेत्र राजविराज नगरपालिकासँगै जोडिएको मलेठ गाविसमा पर्छ ।

तर मोर्चाका कार्यकर्ताले त्यहाँ पनि अबरोध पुर्‍याउने जनाएका छन्। आइतबार पनि मोर्चाका केही कार्यकर्ताले औंद्योगिक क्षेत्रको गेट अघि धर्ना दिएका थिए । मोर्चाका सप्तरी संयोजक दिनेश यादवले सोमबार दिनभरिनै राजविराजमा प्रदर्शन गर्ने र एमालेलाई कसैगरी कार्यक्रम गर्न नदिने जनाए ।

प्रकाशित मिति: Mar 6, 2017

प्रतिक्रिया दिनुहोस्