Logo
६ बैशाख २०८१, बिहीबार
(March 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८६ वर्षिय मीनबहादुरको उदघोषः ‘सगमाथा चढेर फर्केर आउछु’

काठमाडौं, २३ फागुन । उमेरले डाँडा काटिसक्यो तर आँट भने तरुणको जस्तो । ७६ वर्षको उमेरमा करिब ३ सय ४० दिनमा सगरमाथा आरोहण गरी विश्व किर्तिमान कायम गर्न सफल मीन बहादुर शेरचनले फेरि सगरमाथा चढेर फर्केर आउने घोषणा गरेका छन् ।

उमेरले ८६ वर्ष पुगिसकेका शेरचनले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि विश्व शान्तिको निम्ति आउँदो अप्रिलबाट फेरि सगरमाथा चढ्ने घोषणा गरेका हुन । उनले भने,‘यसअघि सगरमाथा चढ्दा मरेरै भएनि सगरमाथा चढ्छु भनेको थिए, अहिले म सगरमाथा चढेर पनि बाचेरै आउनेछु ।’

उनले आफ्नो उमेर कृत्रिम जस्तै रहेको बताए । ‘उमेरले मेरो साहसलाई रोक्दैन,मलाई लाग्छ मेरो यो उमेर त कृत्रिम हो ।’ उनले भने । उनले सबै मिलेर पृथ्वीको अस्तित्वलाई जोगाउनुपर्नेमा जोड दिए ।

मीन बहादुर शेरचन सगरमाथा आरोहणका संयोजक भापू क्यापटेन जीतबहादुर घर्तीमगरले शेरचनको आरोहणका निम्ति सहयोग गर्न सबैमा आग्रह गरे । उनले सरकारबाट साहसीक यात्राका निम्ति कुनै सहयोग नपाएको भन्दै गुनासो व्यक्त गरे ।

उनले भने,‘ आर्थिक साहयताको पनि खाँचो छ, सरकार रमिते छ, उहाँको साहसिक यात्रालाई टुंगोमा पुर्याउन देश विदेशमा रहेका सम्पूर्ण नेपालीले सहयोग गर्नुहुनेछ भन्ने आशा राख्छु ।’

प्रकाशित मिति: Mar 6, 2017

प्रतिक्रिया दिनुहोस्