Logo
१३ बैशाख २०८१, बिहीबार
(March 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी पोशाकमा देखिए ओली, सप्तरीमा सेना परिचालन (फोटो फिचर)

इनरुवा, फागुन २३ । एमालेको मेची–महाकाली राष्ट्रिय अभियानको तेस्रो दिन एमाले अध्यक्ष केपी ओली मधेशी पोशाकमा देखिएको छन् । मधेशीहरुले माग गर्दे आएको जिल्लाहरु मध्ये एक सुनसरीको सदमुकाम इनरुवामा आयोजित कार्यक्रममा ओली मधेशी पोशाकमा देखिएका हुन । इनरुवामा भएको जनसभामा पुगेका ओलीले कुर्ता पाइजामा सहित गम्छा समेत भिरेका थिए ।

उता सप्तरीमा भने सेना परिचालन गरिएको छ । स्थानिय प्रशासनले सेना परिचालनबारे पुस्टि नगरेतापनि चारै तर्फ रोडमा भने सेना देखिएको फोटोहरु सार्वजनिक भएको छ । सप्तरी प्रशासनले सेनाको नयमित गस्ती भन्दै सेना परिचालन नै नगरिएको बताए । मधेशी मोर्चाका कार्यकर्ताहरुले एमालेको मेची महाकाली अभियानलाई बिथोल्ने प्रयास गरी रहेको अवस्थामा सुरक्षा व्यवस्था लाई मध्य नजर गरी सडकमा सेना परिचालन गरेका छन् ।

नेपाली सेनाको टोलीले नेपाल प्रहरी, र शसस्त्र प्रहरी सँगैं सुरक्षामा तैनात रहेका छन् । यता, मधेशी मोर्चाले एमालेको अभियान मधेश विरोधी भन्दै अवरोध गरिरहेका बेला ओली मधेशी पोशाकमा देखिएका हुन् । मोर्चाले एमालेलाई मधेश विरोधी भनेर प्रचार गरेको छ । एमालेले भने मोर्चाको यो प्रचार चिर्न तथा राष्ट्रिय एकता कायम गर्न आफ्नो अभियान चलाएको बताएको छ ।

मोर्चाका कार्यकर्ताले भने विरोधमा प्रर्दशन गरेका थिए । त्यस्तै, मेची महाकाली अभियान अन्र्तगत जागरण सभा गर्दै हिडेको एमालले आज सुनसरी सदरमुकम इनरुवामा छापामार शैलिमा कार्यक्रम गरेको छ । मधेशी मोर्चाको विरोधकावीच भएको इनरुवाको कार्यक्रममा एमाले अध्यक्ष केपी ओली सहभागि भए पनि उनले कार्यक्रमलाई सम्बोधन गरेनन् ।

झण्डै २० मिनेट भएको कार्यक्रममा पुर्व मन्त्री तथा एमाले पोलिटव्युरो सदस्य लालबाबु पण्डितले संक्षिप्त सम्बोधन गरे । सम्बोधनका क्रममा नेता पण्डितले एमाले कसैको धाक धम्कीबाट डराउने पार्टी नभएको तथा नुन खाएको कुखुरो नसम्झन चेतावनी पनि दिए । उनले बुद्ध जन्मेको देशमा आतंक मच्चाउनेहरुको कुनै स्थान नहुने भन्दै एमालेले शान्ति र संबिधानको पक्षमा गरेको कार्यक्रमबाट नेपाली जनता खुशी भएको बताए ।

उनले मधेसलाई माया गर्ने पार्टी एमाले मात्र भएको भन्दै एमालेकै पालामा मधेसमा सवैभन्दा बढि बजेट छुट्याएको बताए । त्यस्तै कार्यक्रममा एमाले बैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरीले आफु मधेसकी छोरी भएको भनदै एमालेको लोकप्रियताबाट डराउनेहरुले आतंक मच्चाउन खोजेको बताइन् । नेता पण्डित बोल्नै लाग्दा मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाउन थालेपछि प्रहरीले उनीहरुलाई लखेटेको थियो ।

प्रकाशित मिति: Mar 6, 2017

प्रतिक्रिया दिनुहोस्