Logo
१३ बैशाख २०८१, बिहीबार
(March 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सम्प्रादायिक एमाले’ भन्दै जितपुरमा कार्यक्रम हुन नदिने अर्को चेतावनी

बारा, फागुन २२ । तराई मधेश लोकतान्त्रिक पार्टीले मेची–महाकाली अभियानमा रहेका एकालेलाई ‘सम्प्रादायिक पार्टी’ भन्दै बाराको जितपुरमा आयोजना गर्न लागेको सभा हुन नदिने चेतावनी दिएको छ ।

पार्टीका महासचिव जितेन्द्र सोनलको अगवाईमा बारामा बसेको तमलोपा बैठकले यस्तो निर्णय गरेको हो । तमलोपाका बारा प्रवक्ता रमेश श्रराफले ‘एमालेको कुनैपनि कार्यक्रम मधेशमा हुन नदिने’ हाम्रो उद्देश्य रहेको बताए ।

उनले भने ‘जो पनि मधेशी एमालेमा गए त्यसको खैरियत छैन । मधेशीलाई मान्छे नै नगन्ने एमालेलाई मधेशमा कुनै स्थान दिइने छैन ।’ स्थानिय पहाडीसमुदाय प्रति अकिंत गर्दे उनले भने ‘फाइदा लिनेबेलामा मपनि मधिशी भन्ने अनि आन्दोलन गर्नेबेलामा दुलो भित्र लुक्नेहरुलाई पनि हामि पहिचान गरिरहेका छौं’  ।

बैठकपछि जारी गरिएको प्रेस बिज्ञप्तीः

प्रकाशित मिति: Mar 5, 2017

प्रतिक्रिया दिनुहोस्