Logo
४ बैशाख २०८१, मंगलबार
(March 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राउतलाई थप २० दिन थुनामा राख्न अदालतको आदेश

सिरहा, फागुन २२   । राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएका स्वतन्त्र मधेश गठबन्धनका सि.के राउतलाई जिल्ला अदालत सिरहाले चौथो पटक थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । स्वतन्त्र मधेशको पक्षमा गतिविधि गर्दै आएको आरोपमा धनुषाको जनकपुरमा पक्राउ गरी ईलाका प्रहरी कार्यालय लहानमार्फत् मुद्दा दायर गरिएपछि अदालतमा पेश गरिएका राउतलाई पहिलो पटक गत माघ २१ गते सिरहा जिल्ला अदालतमा उपस्थित गराई दस दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो ।

प्रहरीलाई राउतविरुद्ध थप अनुसनधानका लागि अदालतले दोस्रो पटक फागुन १ गते १० दिन, तेस्रो पटक ११ गते फेरि १० दिन म्याद थपेको थियो भने चौथो पटक आज आइतबार २० दिनको म्याद थपिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख शेखर कोइरालाले जानकारी दिए ।

राउतलाई पक्राउ गरी अदालतमा पेश गरिएपछि उनको रिहाईको माग गर्दै प्रदर्शन गर्नेहरुमध्ये ९ जनालाई सिरहा र लहानबाट पक्राउ गरी प्रहरीले राज्यविरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाएको छ । मधेश केन्द्रित दलहरुले हरेक वर्ष मनाउने बलिदानी दिवसको क्रममा गत माघ ५ गते लहानमा भएको कार्यक्रममा राउतले देश हितविपरितको अभिव्यक्ति दिएपछि माघ २० गते प्रहरीले जनकपुबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: Mar 5, 2017

प्रतिक्रिया दिनुहोस्