Logo
१२ बैशाख २०८१, बुधबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिपी पुत्र प्रकाशले गरे सनसनीपूर्ण खुलासा (भिडियो)

काठमाडौं, २० फागुन । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनमा मन्त्री बनेपछि उनी कांग्रेसको कारबाहीमा परे । बिपीबारे प्रकाशले भने स् बाबु बिपी २००७ सालमा म त्यस्तै तीन–चार वर्षको थिएँ । देशको राजनीति स्थिर थिएन । सानो भएकाले यस विषयमा मलाई चासो भएन । बुबा राजनीतिमा होमिनुभएको थियो ।

त्यति वेला उहाँ कहिलेकाहीँ मात्र घर आउनुहुन्थ्यो । हाम्रो परिवार संयुक्त परिवार थियो । तर, हजुरआमाहरू, आमाहरू, काकीहरू र हामी केटाकेटी मात्र सधैँ घरमा बस्थ्यौँ । मेरा बुबा बिपी सधैँ बाहिरजस्तै हुनुभयो । तीन–चार महिनाको अन्तरालमा उहाँ घर आउनुहुन्थ्यो । काकाहरू पनि त्यस्तै । कहिलेकाहीँ भेट हुँदा पनि उहाँले हामीलाई अत्यन्त धेरै माया गर्नुहुन्थ्यो । त्यसले भेटको त्यो न्यास्रोपन मेटाउँथ्यो ।

२०१५ सालको निर्वाचनपछि बुबा प्रधानमन्त्री बन्नुभयो । तर, १८ महिनामै राजा महेन्द्रले कु गरे । उनले पञ्चायती व्यवस्था लागू गरेपछि फेरि हाम्रो परिवारमा पहिलेको जस्तै अस्थिरता देखिन थाल्यो । बुबा राजनीतिमा सक्रिय हुन थाल्नुभयो । परिवारलाई समय दिन भ्याउनुभएन । यसले पारिवारिक जीवनमा रिक्तता ल्याइदियो ।

हामीमा मात्र होइन, बुबामा पनि त्यो रिक्तता देखिन्थ्यो । राजनीतिमा लागेको परिवार भएकाले हामीले यो सह्यौँ । बुवा खानपिन पौष्टिक हुनुपर्छ भन्नुहुन्थ्यो । सन्तुलित खानामा जोड दिनुहुन्थ्यो । हामी प्रायस् सादा दालभात तरकारी खान्थ्यौँ । तर, बुबासँग बसेर खाने समय खासै पाइएन ।

राजनीतिमा व्यस्त भएकाले उहाँ घरमा खासै खाना खानुहुन्नथ्यो, हामीले एक्लै खानुपथ्र्यो । तैपनि, बुबा बिहान चिया परिवारसँगै बसेर खानुहुन्थ्यो । कोइराला परिवारको चलन थियो यो । निश्चित समयमा निश्चित काम गर्नुपर्छ भन्ने उहाँको विचार थियो । जीवनमा रुटिन हुनुपर्छ भन्नुहुन्थ्यो । निश्चित समयमा उठ्ने, समयअनुसार खाने, बस्ने गर्नुपर्छ भन्नुहुन्थ्यो । व्यवस्थित हुन सकेको भए राजनीति र साहित्यमा अझै राम्रो गर्न सक्थेँ भन्नुहुन्थ्यो ।

बुबा हामीलाई नामैले बोलाउनुहुन्थ्यो । मैले सानोमा कसैको नाम र नाता सम्झन सकेको थिइनँ, तर बुबा नामैले प्रकाश, श्रीहर्ष, शशांक भन्नुहुन्थ्यो । सम्बोधनमा कहिले तँ भन्नुहुन्थ्यो, कहिले तिमी संयुक्त परिवार भएकाले मैले आफ्नै आमा पनि को हो भन्ने तीन वर्षको हुँदासम्म थाहा पाएको थिइनँ ।

सामूहिक परिवार भएकाले सबैको अनुहार उस्तैउस्तै लाग्थ्यो । कहिलेकाहीँ उहाँलाई देख्दा को मान्छे होला भन्ने लाग्थ्यो । विशेषत पटनामा बस्दा उहाँ कहिलेकाहीँ मात्र आउनुहुन्थ्यो । घरमा नयाँ मान्छे को आयो भन्ने हुन्थ्यो । उहाँ मेरा बुबा हुनुहुँदो रहेछ । धेरैपछि मात्र ठम्याउन सकेँ । तर अहिले बिपी कोइरालाका जेठा छोरा प्रकाश कोइरालालाई कांग्रेसले वास्ता नगरेकोमा चिन्ता छ ।

वर्तमान राजनीतिबारे प्रकाश कोइराला यसो भन्नुहुन्छ, हेर्नुहोस भिडियो कुराकानी:

प्रकाशित मिति: Mar 3, 2017

प्रतिक्रिया दिनुहोस्