Logo
१५ चैत्र २०८०, बिहीबार
(March 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खेलाडी फूटवल रोनाल्डो फेरि विवादमा

म्याड्रिड, एजेन्सी ।  रियल म्याड्रिडका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो ट्राफिक नियम तोडेको आरोपमा फेरि एक पल्ट विवादमा परेका छन् । गत बिहीबार आफ्नो घरेलु मैदान सेन्टियागो बेर्नाबेउ रंगशालामा लास पाल्मसविरूद्ध ३–३ को बराबरी खेल खेलेर फर्किने क्रममा उनले ट्राफिक नियम तोडेका थिए ।

यो खेलमा रोनाल्डोले दुई गोल गरेपछि पराजयन्मुख म्याड्रिड जोगिएको थियो । खेल सकिएपछि घर फर्किने क्रममा रंगशालाबाट बाहिरिएका रोनाल्डोले ट्राफिक नियम तोडेका थिए। उनले रंगशालाभन्दा अगाडिको चोकमा रातो बत्ति बलिरहेको बेला आफ्नो कारलाई बाहिर निकालेका थिए ।

रातो बत्ति बलेको कारण उनको कारभन्दा अगाडि एउटा ट्याक्सी रोकिएको थियो । तर, रोनाल्डोले आफ्नो अडी कारलाई हल्का टर्न गर्दै बाहिर निकालेका थिए। उनले ट्राफिक नियम तोड्दा बाटोको दुवै छेउमा प्रहरीहरू तैनाथ थिए। तर, उनीहरूले ट्राफिक नियम तोड्दा समेत रोनाल्डोको गाडी रोकेनन्।

प्रकाशित मिति: Mar 3, 2017

प्रतिक्रिया दिनुहोस्