Logo
१२ बैशाख २०८१, बुधबार
(March 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले संशोधनलाई राष्ट्रघाती भनेकोमा निधिको आपत्ति

काठमाडौं, २० फागुन । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको प्रष्ट पारेका छन् ।  निधिले एमालेको सभा विथोल्न भनेको दाबी गर्दै एमाले नेताहरु उनीविरुद्ध खनिँदै आएका छन् । ओली स्वयंमले पनि निधिको नाम नै लिएर चेतावनी दिएपछि निधि उनलाई भेट्न बालकोट पुगेका थिए ।

जवाफमा एमाले अध्यक्ष ओलीले पनि ‘मेची-महाकाली अभियानबारे तपाईँले त्यस्तो शब्द प्रयोग गरेको भनेर साथीहरुले भनेका छन्’ भन्दै त्यस्तो शब्द प्रयोग गरेको विश्वास नलागेको बताएका छन् ।  एमाले अध्यक्ष ओलीसँगको भेटमा गृहमन्त्री निधिले संबिधान संशोधनलाई राष्ट्रघाती भनेकोमा आपत्ति जनाए । जवाफमा ओलीले संशोधन देशको हितमा नभएको भन्दै पार्टीको आधिकारिक दस्ताबेजमा राष्ट्रघाती शब्द उल्लेख नगरिएको बताए ।

निधिले हिजोका दिनमा प्रदेशको सीमांकन हेरफेर सम्बन्धी तपाईले नै हस्ताक्षर गरेको दस्ताबेजलाई सरकारले अघि सार्दा कसरी राष्ट्रघाती हुन्छ भन्नेप्रश्न गरेको उनको निजी सचिवालयले जनाउको छ । एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री निधिले एमाले कार्यकर्तालाई मेची- महाकाली अभियानमा लखेट्ने अभिव्यक्ति दिएको आरोप लगाएको थियो ।

लहानमा नेपाल महिला संघद्धारा आयोजित कार्यक्रममा निधिले एमालेले संविधान संशोधनमा अबरोध गरेको भन्दै भण्डाफोर गर्नुपर्ने बताएका थिए ।  बालकोटमा भएको भेटमा उपप्रधान तथा गृहमन्त्री निधिले एमालेको मेची-महाकाली अभियानका क्रममा सुरक्षाको व्यबस्था गर्न आफूले सुरक्षा निकायलाई निर्देशन दिएको जानकारी गराएका छन् ।

प्रकाशित मिति: Mar 3, 2017

प्रतिक्रिया दिनुहोस्