Logo
२४ मंसिर २०७९, शनिबार
(March 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर कोरियाको ‘भिषा फ्रि इन्ट्री’ खारेज

क्वालालम्पुर   । मलेसियाले उतर कोरियाली नागरिकलाई दिँदै आएको ‘भिषा फ्रि इन्ट्री’ व्यवस्था हटाउने भएको छ। उतर कोरियाका सर्वोच्च नेताका सौतेनी आमातर्फका दाई किम जोङ नामको हत्यामा उतर कोरियाली सरकारै संलग्न रहेको पाइएपछि मलेसियन सरकारले यस्तो निर्णय लिने भएको हो । मार्च ६ देखि मलेसियाले ‘भिषा फ्रि इन्ट्री’ व्यवस्था खारेज हुनेछ ।

मलेसियाको सरकारी समाचार संस्था बेर्नपाका अनुसार मार्च ६ देखि मलेसियाले ‘भिषा फ्री’ प्रवेशको व्यवस्था खारेज हुनेछ । उप प्रधानमन्त्री अहमद जाहिद हमिदिले उतर कोरियाली नागरिकमाथि यस्तो कडा खालको नियम अभावले किमको हत्या भएको बताए। यो व्यवस्थाले मलेसियामा अपराध मौलाउनमा ठाउँ दिएको उनको भनाइ थियो ।

मलेसियाली उत्तर कोरियाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। मलेसियाका लागि उत्तर कोरियाली राजदूतले घटना अर्धसत्य भएको एवं राजनीतिकरण गरिएको बताएका छन्। कोरिया सरकारले आधिकारिक रुपमा यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन।

गत साता नामको मलेसियाली विमानस्थलमा हत्या भएको थियो। हत्या अभियोगमा प्रहरीले दुई महिला पक्राउ गरेर छानवीन गरिरहेको छ। घटनामा संलग्न चार उत्तर कोरियाली प्रहरी खोजीको सूचिमा छन् । एजेन्सी

प्रकाशित मिति: Mar 2, 2017

प्रतिक्रिया दिनुहोस्