Logo
११ बैशाख २०८१, मंगलबार
(March 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपाको नयाँ प्रस्ताव:  यसरी टुंगो लगाऔं संशोधनको विवाद 

काठमाडौ , फागुन १९ । संविधान संशोधन प्रस्तावबारे दलहरुबीच विवाद उत्पन्न भइरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोबारे मध्यमार्गी बाटो अपनाउनुपर्नेमा जोड दिएको छ । नेताहरुका अनुसार बुधबार बसेको सत्तारुढ दलको बैठकमा पनि राप्रपा अध्यक्ष थापाले समस्या समाधानको लागि मध्यमार्गीबाटो अपनाइनुपर्ने प्रस्ताव गरेका थिए ।

राप्रापाको आज जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले सरकारमै सहभागी भएरपनि पार्टीले संशोधन विधेयकको पक्षमा मतदान गर्न नसक्ने तर विपक्षमा मतदान गर्दा पनि गलत सन्देश जाने भएकाले मध्यममार्गी समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् । यही मध्यमार्गी बाटो कसरी अपनाउने भन्नेमा धारणा तय गर्न तथा स्थानीय निकायको चुनाव नजिकिँदै गरेको अवस्थामा पार्टीलाई कसरी तयार पर्ने भन्नेबारेमा छलफल गर्न पार्टी कार्यालय धुम्बाराहीमा जारी बैठक रहेको छ ।

यस्तै स्थानीय तहको निर्वाचन घोषणा भईसकेको अवस्थामा अब चुनाव चिन्हको टुंगो लगाईहाल्नुपर्ने भएकाले बैठक त्यसमा समेत केन्द्रीत भएको केन्दीय सदस्य सगुन लावतलिे जानकारी दिए । राप्रपामा चुनाव चिन्ह गाई वा हलो के बनाउने भन्नेमा विवाद भएपछि महाधिवेशनले पछि टुंगो लगाउने गरी चुनाव चिन्हको विषय थाती राखेको थियो ।

पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक सुरु हुनअघि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष कमल थापाले सिमांकनलाई थाती राखेर, नागरिकता, भाषा, राष्ट्रिय सभाको प्रतिनिधित्व लगायत विषयमा मात्रै संसोधन गरि अघि बढ्न बढ्नुपर्ने पार्टीको धारणा रहेको बताए ।

प्रकाशित मिति: Mar 2, 2017

प्रतिक्रिया दिनुहोस्