Logo
६ बैशाख २०८१, बिहीबार
(March 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रसिद्ध चित्रकारले बनाएको चित्रको प्रचारप्रसार गर्न प्रतिबन्ध 

फेसबुकले अस्ट्रेलियाका एक प्रसिद्ध चित्रकारले बनाएको पेन्टिनको प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । चाल्र्स ब्ल्याकम्यानले बनाएको पेन्टिनको प्रचारप्रसार गर्न नदिएको हो ।

दुई जना महिला नाङ्गो अवस्थामा बिस्तारामा आराम गरिरहेको ब्ल्याकम्यानको पेन्टिङ अश्लिल भएको भन्दै फेसबुकले ब्लक गरेको हो । आर्ट ब्रोकर मोसग्रिनले पेन्टिङको प्रमोटका लागि फेसबुक प्रयोग गर्न चाहेको थियो ।

तर फेसबुकले पेन्टिङ न्युड भएको भन्दै अस्वीकार गरेको हो । मोसग्रिनका प्रमुख पउल समरले फेसबुकको निर्णय हाँस्यास्पद रहेको बताए । सुन्दर सिर्जनालाई अश्लिल भन्दै प्रतिबन्ध लगाउनु कलाको अपमान रहेको उहाँको भनाई छ । एजेन्सी ।

प्रकाशित मिति: Mar 1, 2017

प्रतिक्रिया दिनुहोस्