मन्जिभसिंह नयाँ राजदूत : यस्तो छ उनको जिवनी
काठमाडौं, १८ फागुन । मन्जिभसिंह नेपालका लागि भारतीय राजदूत सिफारिस भएका छन् । भारतले नेपालका लागि नयाँ राजदूतको लागि मन्जिभ सिंह पुरीको नाम मनोनयन गरेको हो ।
उनको नाम नेपाल सरकारलाई जानकारी गराइएको उच्च स्रोतको भनाई छ । स्रोतका अनुसार भारत सरकारले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई उनको नाम जानकारी गराएको हो । उनी हाल युरोपियन युनियन, बेल्जियम र लक्जेम्बरका लागि भारतीय राजदूत छन् ।
यस्ता छन, नयाँ भारतीय राजदूत :
आफ्नो कार्यकाल पूरा गरी भारत फर्किएका भारतीय राजदूत रञ्जित रेको स्थानमा मन्जिव सिंह पुरी यहाँका लागि नयाँ राजदूतका रुपमा सिफारिस भएका छन् । सन् १९५९ फेब्रुअरी १५ मा नयाँ दिल्लीमा जन्मिएका पुरी बेल्जियमका लागि भारतको राजदूत रहेका छन् । ६५ वर्षीय पुरीका पिता पनि कुटनीतिज्ञ नै थिए । पिता धेरै समय विदेशमा रहनुपर्ने हुँदा उनले भारतमा नै रहेका आवासीय विद्यालयमा अध्ययन गरेका थिए ।
दिल्ली विश्वविद्यालयको सेन्ट स्टेफेन कलेजबाट अर्थशास्त्रमा बिए (अनर्स) गरेका थिए । त्यसपछि व्यवस्थापनमा स्नातकोत्तर गरेका सिंहले भारत सेवामा लाग्नअघि उनले हिन्दुस्तान युनिलिभरमा काम गरेका थिए । सन् १९८२ को ब्याचमा भारतीय विदेश सेवामा अफिसरको रुपमा प्रवेश गरेका थिए ।
भारतीय जनता पार्टीसँग आबद्ध पुरीले यसअघि सन् २००९ देखि २०१३ सम्म अमेरिकामा रहेको संयुक्त राष्ट्रसंघका लागि भारतको राजदूत तथा सहयाक स्थायी प्रतिनिधिको रुपमा कार्यरत थिए । उनी सन् २०११–१२ मा भारतको सुरक्षा परिषद्को वरिष्ठ सदस्यको रुपमा पनि काम गरेका थिए ।
दीर्घकालिन विकास र वातावरणको विषयमा काम गरेका पुरीले सन् २०१२ मा ब्राजिलको रियोमा भएको संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतको तर्फबाट प्रमुख मध्यस्तकर्ता थिए । त्यस्तै, उनले वातावरणसम्बन्धि धेरै सम्मेलनमा भारतको प्रतिनिधित्व गरेका छन् ।
यसको साथै उनले मुख्य आर्थिक फोरम तथा सन् २००९ मा कोपनहेगनमा भएको युएनएफसीसीसीमा पनि भाग लिएका थिए । सन् २००५ देखि ०९ सम्म उनी भारतको विदेश मन्त्रालयमा संयुक्त राष्ट्रसंघ डिभिजनको प्रमुख पनि थिए ।
लामो समय भारतको कुटनीतिक क्षेत्रमा विताएका पुरीले सन् १९८४ देखि ८६ र १९९१ देखि ९४ सम्म जमर्नीमा समेत खटिएका थिए । त्यस्तै, सन् १९८६ देखि ८९ सम्म बैंकक, सन् १९८९ देखि ९१ सम्म काराकास, न् १९९८ देखि २००२ सम्म केप टाउन, सन् २००२ देखि ०५ सम्म मुस्काटमा पनि रहेर काम गरे ।
सन् १९९४ देखि ९८ सम्म उनी ठूला राजनीतिक भ्रमणका क्रममा भारतीय विदेश मन्त्रालयको प्रोटोकल इन्चिार्ज पनि थिए । उनकी पत्नी नम्रिता पुरी रहेकी छिन् भने उनको दुई छोराछोरी रहेका छन् । उनी पनि कुटनीतिक क्षेत्रमा नै कार्यरत छिन् । राष्ट्रिय सुरक्षाको विषयम पार्टीको विदेश नीति मनपरेको बताउँदै उनी सन् २०१४ को जनवरीमा भारतीय जनता पार्टी प्रवेश गरेका थिए ।