Logo
७ बैशाख २०८१, शुक्रबार
(February 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दल दर्ता गरेर, संविधान संशोधनमा मोर्चाले लियो अड्डी

काठमाडौं, १७ फागुन । मधेसी मोर्चाले परिमार्जन सहित संविधान संशोधन विना निर्वाचनमा भाग नलिने निर्णय गरेको छ। निर्वाचनबारे आधिकारिक धारणा बनाउनु तमलोपा कार्यालय बिजुली बजारमा बसेको बैठकले संविधान संशोधन विना निर्वाचनमा जानुको औचित्य नभएको ठहर गरेको हो ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चाको आधिकारिक धारणा मागेका थिए। प्रधानमन्त्रीले संविधान संशोधन प्रक्रिया फेल हुने सम्भावना छ यसलाई स्थगन गरेर जाँदा के हुन्छ ? यो फेल भयो भने चुनाबमा जाने कि नजाने भन्दै मोर्चासँग आधिकारिक धारणा माग थिए ।

प्रधानमन्त्रीलाई पनि यही जवाफ दिएको कर्णले बताए। ‘प्रधानमन्त्रीलाई पनि यही जवाफ दिएका छौं’, कर्णले भने, ‘उहाँले फेरी भोली बोलाउनु भएको छ। छलफल र सम्वाद जारी छ।’ सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भने मोर्चाले कुनै निर्णय लिएको छैन । ‘यही अवस्थामा निर्वाचनमा जानुको औचित्य छैन’, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, ‘संविधान संशोधन विना निर्वाचनमा पनि जाँदैनौ, दल पनि दर्ता गर्दैनौ।’

प्रकाशित मिति: Feb 28, 2017

प्रतिक्रिया दिनुहोस्