Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकरुपताका साथ देशभर चुनाव गर्नुपर्ने मधेशी बिद्यार्थी मोर्चाको माग

काठमाण्डौ  । मधेशीदलहरु निकट बिद्यार्थी संगठनहरुको मोर्चा संयूक्त मधेशी बिद्यार्थी मोर्चाले स्ववियू चुनाव स्थगित गरि देशभर एकसाथ एकरुपताका साथ चुनाव गर्नुपर्ने माग गरेको छ ।

मोर्चाका प्रतिनिधिहरुले त्रि.वि. कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटघाट गरी यस्तो माग गरेको हो ।

बालुवाटार स्थित प्रधानमन्त्री निवासमा भएको भेटमा मोर्चाका प्रतिनिधिहरुले मधेशी बिद्यार्थी संगठनहरु चुनावमा भाग लिन तयार रहेको भन्दै मात्र आफूहरु प्रक्रियाको विरोधमा रहेकाले एकरुपताका साथ चुनाव भए आफूहरु पनि भाग लिने बताएका थिए ।

छलफल क्रममा प्रधानमन्त्रीले त्रिवि प्रशासनसंग कुराकानी गरी स्व वि यु निर्वाचन केहिदिन स्थगित गरी एकरुपताका साथ फेरी गराउन प्रयास गरिने बताए ।  उक्त छलफलमा बिद्यर्थाी मोर्चाका नेताहरु विद्यार्थी मंचका अध्यक्ष किशोर कुमार यादव (केसी) ,त.म.वि. फ्रन्टका अध्यक्ष मनिष मिश्र, स.वि.फो. नेपालका  विवेक राई , स.वि.संघका  सचिव रंजित निष्पक्ष, ने.वि.मंचका  महासचिव रंजित कुमार झा , ने.लो.वि.फ्रन्टका अध्यक्ष जेपी यादव,  म.वि.फो. गन्तान्त्रिकका महासचिव चिरन्जीवि यादव लगायतका सहभागीता रहेका थिए ।

प्रकाशित मिति: Feb 28, 2017

प्रतिक्रिया दिनुहोस्