Logo
१२ बैशाख २०८१, बुधबार
(February 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री निवास पुगेर भारतीय राजदूतले गरे प्रधानमन्त्रीसँग बिदाइ भेट

काठमाडौं, फागुन १७  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय राजदूत रञ्जित रायले बिदाइ भेट गरेका छन् । आफ्नो कार्यकाल पुरा गरी दिल्ली फर्कन लाग्नुभएका रायले बालुवाटारमा प्रधानमन्त्रीसँग औपचारिक बिदाइ भेट गरेका हुन् । प्रधानमन्त्रीले रायको कार्यकालमा नेपालमा सञ्चालित विकास आयोजनाहरुको तिव्रता, दुई देशीय अनुगमन संयन्त्रको कार्यसम्पादनमा प्रभावकारिता, दुई देशबीच उच्चस्तरीय भ्रमण भएको बताउँदै आगामी दिन यसले थप तिब्रता पाउने विश्वास व्यक्त गरे ।

भेटका क्रममा प्रधानमन्त्रीले राजदूत रायको कार्यकाल प्रभावकारी र सन्तुलित रहेकोमा धन्यवाद दिँदै नेपाल र भारत बीचको सम्बन्ध थप गाढा र घनिष्ठ बन्ने विश्वास व्यक्त गरे । भेटमा राजदूत रायले आफ्नो कार्यकालमा नेपाल सरकार र नेपाली जनताबाट सकारात्मक सहयोग पाएकोमा खुसी व्यक्त गर्दै त्यसका लागि नेपाललाई धन्यवाद दिए ।

भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषिराज अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना लगायत उपस्थित थिए ।आफ्नो कर्मचारी जीवनबाट अवकास पाएका राय भारत फर्कन थालेका हुन् ।

प्रकाशित मिति: Feb 28, 2017

प्रतिक्रिया दिनुहोस्