Logo
१५ चैत्र २०८०, बिहीबार
(February 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अप्रेशन मधेश: ‘उपेन्द्रको फुर्ती बढेपछि राजेन्द्र र महन्थ सशंकित’

काठमाडौं, १५ फागुन। मधेसी मोर्चाका नेता दुई धारमा देखिएका छन् । उपेन्द्र यादवको फुर्ती बढेपछि राजेन्द्र महतो र महन्थ ठाकुर भएका छन् । मधेशी मोर्चाभित्र यतिवेला दुई धार प्रस्टै दखियो मोर्चाका एक नेताले भने ।

संसदमा संविधान संशोधन प्रस्तावमाथि छलफल सुरु भएको छ। उक्त प्रस्तावलाई यथास्थितिमा पारित गर्दापनि कुनै आपत्ति नहुने, तर यही प्रस्तावमाथि संशोधन हालेर जानुपर्ने पक्षमा मोर्चाका शीर्ष नेताद्धय महन्थ र राजेन्द्र उभिएका छन् ।

तर मोर्चा सम्मिलित संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव भने प्रस्ताव परिमार्जनसहित पारित नभए कुनैपनि चुनावमा भाग नलिने अडानमा छ । अव कसरी कुरा मिल्ला ती नेताले भने ।

संयोजक यादव बरु नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईसँग एकता गरेर अघि बढ्ने पक्षमा छन्। तर संशोधन प्रस्ताव यथास्थितिमा कुनैपनि हालतमा नमान्ने अडानमा छन्।

उनले बाबुरामसँग एकता गरेर आन्दोलन नै चर्काउने तयारी समेत गरेका छन्। यादव प्रधानमन्त्री दाहालसँग पनि आक्रोशित बनेका छन्।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै मोर्चा असन्तुष्ट बनेको छ। संशोधन प्रस्तावमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने कुनै अवरोध गरेको छैन्।

उसले मौन समर्थन जनाएको छ। र्चाका नेताहरु यादवसँग सशंकित हुनुको प्रमुख कारण भनेको नै बाबुरामसँग मिल्नु पनि हो । यादव बाबुरामसगँ नजिकिएर विज्ञप्ती समेत सार्वजानिक गरे पछि खटपट चुलिएको हो ।

प्रकाशित मिति: Feb 26, 2017

प्रतिक्रिया दिनुहोस्