Logo
८ बैशाख २०८१, शनिबार
(February 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ शक्ति, फोरम नेपाल सहित ३० पार्टी कारबाहीमा

काठमाडौं, १५ फागुन । तोकिएको समयमा पार्टीको वार्षिक आयव्यय विवरण नबुझाउने ३० दललाई निर्वाचन आयोगले कारबाही गरेको छ ।
कारबाहीमा पर्ने बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति समेत रहेको छ ।

ती ३० दलले स्पष्टिकरण सोध्दा समेत जवाफ नपठाएको तथा पठाएकाले पनि चित्तबुझ्दो जवाफ नदिएपछि आयोगले कारबाहीस्वरुप रु १०० जरिवाना तिराउने निर्णय गरेको हो ।
आयोगको गत फागुन ११ गते बसेको बैठकले आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेश नगरेका दलहरुलाई सोही ऐनको दफा १६ बमोजिम एक सय रुपयाँ जरिवाना किन नगर्ने भनि शनिबारसम्मको समय दिएर स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

तर, सो मितिमा ११ दलले स्पष्टिकरण नै पेश नगरेका र बाँकी १९ दलले स्पष्टिकरण पेश गरेपनि चित्तबुझ्दो नपाइएपछि आयोगले शनिबार नै जरिवाना तिराउने निर्णय गरेको हो ।
ती दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम एक सय रुपयाँ जरिवाना तिराउने निर्णय भएको हो । यो संगै उपेन्द्र यादव नृतृत्वको फोरम नेपाल, राजककिसोर यादव लगायत बिभिन्न अन्य पार्टीहरुपनि निर्वाचन आयोगले कार्वाही सुचिमा राखेको छ ।

प्रकाशित मिति: Feb 26, 2017

प्रतिक्रिया दिनुहोस्