Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विषेश अप्रेशन: ‘मेनपावर स्टार’ नेपालका राजदूत !

काठमाण्डौ, १५ फागुन । पारीपट्टीबाट वारी झरेकी आशा लामा र १० वर्ष अघि झापाबाट काठमाडौं आएर सानोतिनो जागीर खोज्दै हिडेकी शर्मिला पराजुली युएइ र ओमनका लागि राजदूत सिफारिस भएपछि राजनीतिक र कूटनीतिक बृत्तमा ठूलै हंगामा भएको छ ।

अमेरिकामा पार्न स्टारलाई राजदूत बनाउनै पर्छ भनेर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जालबाट व्यापक दबाब सिर्जना सुरु भइसकेको सन्दर्भमा अमेरिकाभन्दा पनि दुई कदम अगाडि बढेर नेपालका नेताहरुले भागबण्डाका आधारमा राजदूत नियुक्त गर्दा मेनपावरका स्टारहरुलाई राजदूतमा सिफारिस गरेका छन् ।

यो नियुक्तीलाई बदर गर्ने हिम्मत संसदीय सुनवाई समितिमा पनि छैन किनभने त्यो सुनवाई समितिमा सिफारिस गर्ने दलहरुकै प्रभूत्व रहेको छ ।

यी मेनपावर स्टारहरुले वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई ठगी गरेका अनेक मुद्दाहरु लागेका छन् । जति मुद्दा लागे पनि नेताहरुले यी स्टारहरुको पक्ष लिएपछि यिनीहरु राजदूत हुने र थप श्रम शोषण गर्ने निश्चित वातावरण बनेको छ । धन्य लोकतन्त्र ।

प्रकाशित मिति: Feb 26, 2017

प्रतिक्रिया दिनुहोस्