Logo
११ बैशाख २०८१, मंगलबार
(February 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उदासी अनुहारका साथ पूर्वयुवराज पारसको शिवरात्री बसाइ (फोटो फिचर)

काठमाडौं, १४ फागुन ।  पुर्वयूवराज पारस यतिबेला पुरै गुम्नाम भएका छन तर उनकी श्रीमति हिमानी भने समाजिक क्षेत्रमा उतिकै कृयाशिल पनि छिन । लामो समय थाइल्याण्डमा रहँदा विभिन्न कारणले चर्चामा आइरहने पूर्वयुवराज पारस नेपाल फर्किएसँगै गुमनाम जस्तै भएका हुन ।

औपचारिक कार्यक्रममा विरलैमात्र देखापर्ने उनी महाशिवरात्रीको अवसरमा भने शुक्रबार साँझ अबेर पशुपतिको दर्शन गर्न पुगे । आफन्त र साथीभाईसँगै पशुपतिको दर्शन गर्न पुगेका उनी करीब १५ मिनेट बिताएपछि त्यहाँबाट बाहिरिएका थिए ।

राजसंस्था हटेपछि पनि विगतका वर्षहरुमा पूर्वराजा ज्ञानेन्द्र शाह शिवरात्रीको अवसरमा पूजाअर्चनाका लागि पशुपति पुग्ने गर्दथे । तर, यो यसवर्ष उनी मधेसका जिल्लाको भ्रमणमा रहेका छन् ।

प्रकाशित मिति: Feb 25, 2017

प्रतिक्रिया दिनुहोस्