Logo
८ बैशाख २०८१, शनिबार
(February 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी महिलाले १३ औं पटक सन्तान जन्माउँदैः भन्छिन्, ‘गर्भवती हुने लत लागिसकेको छ’

एजेन्सी, ३४ वर्षीया यी महिलाले १३ औं पटक सन्तान जन्माउँदैः भन्छिन्, ‘गर्भवती हुने लत लागिसकेको छ’ सन्तान जन्माउनु भएको चानचुने कुरा होइन । सन्तानलाई जन्मदिएपश्चात् महिलाको दोस्रो जन्म भएको हो भन्ने मान्यता छ । यसैकारण थुप्रै महिलाले एकभन्दा धेरै बच्चा जन्माउने सोच राख्दैनन् तर आज हामी तपाईंलाई यस्ती महिलाबारे जानकारी दिँदै छौं जो १३ औं पटक आमा बन्दैछिन् । उनका अनुसार उनलाई आमा बन्ने लत लागेको छ । ३५ वर्षीया यी महिलाका १२ सन्तान छन् ।

डेली मिररको रिपोर्ट अनुसार बेलायतकी चेरिल प्रुधमले आफूलाई गर्भवती हुने बानी लागेकै कारण दर्जनभन्दा बढि सन्तानलाई जन्म दिएको बताइन् । उनले आफ्ना सन्तानलाई पाल्न सक्षम भएको बताएकी छिन् । यसका लागि उनले सरकारको अनुदानसमेत पाएको बताएकी छिन् । चेरिललाई बेलायतको सबैभन्दा ‘लज्जित’ आमा र ‘क्विन अफ बेनिफिट्स’ को नामले चिनिन्छिन् ।

१२ सन्तानकी आमा र १३ औं बच्चाकी आमा बन्न लागेकी चेरिललाई सरकारले हरेक वर्ष ४० हजार पाउन्ड अर्थात करिब ५४ लाख रुपैयाँ पाउने गरेकी छिन् । सबैभन्दा अचम्मको कुरा त के छ भने उनी १३ औं पटक ‘स्पर्म डोनर’ को मद्दतले आमा बन्न लागेकी छिन् किनभने उनको सम्बन्धविच्छेद भइसकेको छ । आफ्ना १२ सन्तानका पिता भिन्दा–भिन्दै बताउने चेरिल बच्चा थपिँदा आफ्नो आयमा वृद्धि हुने बताउँछिन् । उनी सन्तान त चाहन्छिन् तर प्रेमीबाट होइन ।

प्रकाशित मिति: Feb 24, 2017

प्रतिक्रिया दिनुहोस्