Logo
१३ बैशाख २०८१, बिहीबार
(February 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाको शक्ति प्रर्दशनः हेलिकोप्टरबाट छतमा झर्‍यो

काठमाडौं, १३ फागुन । सैनिक दिवसको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विभिन्न खेल तथा कौसल प्रस्तुत गरेको छ । सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गर्‍यो।

होटल टुँडिखेलमा आतंककारीले बन्दक बनाएकाहरुलाई उद्धार गरेको नमुना देखाउने क्रममा सैनिकहरु हेलिकोप्टरबाट होटलको छतमा खसेका थिए। सैनिक मञ्चमा मास पिटी प्रस्तुत गरिएकामा त्यसअन्तर्गत ‘सुट टु किल, तेक्वान्दो, महिला सैनिकबाट पिटी, आइकिदो र खुकुरी ड्रिल प्रस्तुत भयो। नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो ।

बढाइँ कवाजअन्तर्गत लहरे, एकठठा, डमरु त्रिशूलको आकृति प्रस्तुत गरेको थियो। मार्चपास, सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो। उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरिएको थियो। सेना दिवसको उपलक्ष्यमा त्यहाँ सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरियो।

समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन र हातहतियारको समेत प्रदर्शन गरिएको थियो। सो अवसरमा विशेष फौज बाहिनीबाट आतङ्ककारी आक्रमणमा परेका नागरिकलाई उद्दार गरिएको सैन्य कौशलको नमूना प्रस्तुत गरियो। होटल टुँडिखेलमा आतंककारीले बन्दक बनाएकाहरुलाई उद्धार गरेको नमुना देखाउने क्रममा सैनिकहरु हेलिकोप्टरबाट होटलको छतमा खसेका थिए।

पाँच वटा हेलिकोप्टरको हवाई गस्ती तथा स्थल तहबाट बख्तरबन्द गाडीको आडमा सैनिक टोलीले आतंककारीले बन्धक बनाएकाहरुलाई उद्धार गरेको नमुना देखाइएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशिला कार्की र सभामुख ओनसरी घर्ती लगायतका विशिष्ट अतिथि उपस्थित भई शिवरात्री बढाईँको अवलोकन गरेका थिए।

प्रकाशित मिति: Feb 24, 2017

प्रतिक्रिया दिनुहोस्