Logo
१३ बैशाख २०८१, बिहीबार
(February 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राउतलाई अदालतद्वारा पुनः १० दिनको म्याद थप 

सिरहा ११ फागुन । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतसहित ११ जनालाई हिरासतमा राख्न सिरहा जिल्ला अदालतले पुनः १० दिनको म्याद थप गरेको छ ।

गत माघ ५ गते लहानमा शहीद दिवसका अवसरमा लाखों मधेशी जनतालाई संबोधन गरे पश्चात २० गते बुधवार दिउसों ३ बजे नेपाल प्रहरीले जनकपुरधामबाट राउतलाई पक्राउ गरेको थियो ।

राज्यविरुद्धको संगठित अपराध मुद्दामा पक्राउ परेका राउत सहित उनका समर्थकहरुलाई थप अनुसन्धानका लागि पुनः म्याद थप गरिएको जिल्ला अदालत सिरहाले जनाएको छ ।

डा. राउतलाई पक्राऊ परेलगतै सुरु भएको शान्तिपूर्ण प्रदर्शनबाट प्रहरीले थप केही समर्थकहरुलाई गिरफ्तार गरी डा. राउतसँगै मुद्दा दर्ता गराएको थियो ।

यस अघिपनि प्रहरीले दुईचोटी १० – १० दिनको म्याद थप गराएको थियो । यो म्याद थप भएको तेस्रोपटक हो ।

प्रकाशित मिति: Feb 23, 2017

प्रतिक्रिया दिनुहोस्