Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्दले मधेश ठप्प

काठमाडौं, फाल्गुण ११  । सरकारले निवार्चनको मिति घोषण गरेपछि असन्तुष्ट मधेसी मोर्चाले मधेशब्यापी बन्द आह्वान गर्दै आन्दोलनमा उत्रिएको छ । मोर्चाको आह्वानमा आज मधेश बन्द छ । बन्दले मधेशका जनजीवन प्रभावित बनेको छ । लामो समयपछि मधेश आज पुनः ठप्प भएको छ । सवारी साधानदेखि पसल बजार बन्द गरिएका छन् ।

संविधान संशोधन नै नगरि सरकारले घोषणा गरेको चुनाव विरुद्ध आन्दोलनमा होमिएको मधेशी मोर्चाले हिजो मंगलबार साँझ मधेशब्यापी मसाल जुलुस प्रदर्शन गरेको थियो । निर्वाचन धोका हो भन्दै आन्दोलनको कार्यक्रम अनुसार पहिलो दिन मधेशका जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरियो भने आज मधेश बन्द गरिएको हो ।

मोर्चाका नेता कार्यकर्ता सडकमा सरकार विरुद्ध नाराबाजी गर्दै टायर बालेर विरोध प्रदर्शनमा जुटेका छन् । मधेशका सबै जिल्ला सदरमुकाम र शहर चोकमा विरोध प्रदर्शन भइरहेको छ । संशोधन अघि चुनावको औचित्य नभएको भन्दै चुनाव घोषणा गरेर मधेसलाई द्वन्द्वमा धकेल्ने काम भएको मोर्चाको आरोप छ ।

सरकारले बिना सहमति स्थानीय तह निर्वाचन घोषणा गरेको विरोधमा मोरङ, सुनसरी, पर्सा, रौतहट, बारा, धनुषा, सिरहा, सप्तरी, रुपन्देही, नवलपरासी, कपिलबस्तु, बाँके, बर्दिया लगायत मधेशका जिल्लाहरुमा मोर्चाका कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दैछन् ।

 

प्रकाशित मिति: Feb 22, 2017

प्रतिक्रिया दिनुहोस्