Logo
७ बैशाख २०८१, शुक्रबार
(February 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपा महाधिवेशन:  बुद्धिमानलाई सर्वाधिक मतः कोमल तेस्रो स्थानमा

काठमाडौं, फागुन ११  । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले ९८ जना केन्द्रीय सदस्य चयन गरेको छ । बुधबार राति अबेर सकिएको मतगणनामा खुलातर्फको केन्द्रीय सदस्यमा बुद्धिमान तामाङले सर्वाधिक मत ल्याएका छन् । सँगै गायिका कोमल ओली लोकप्रिय तेस्रो मत प्राप्त गर्दै खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएकी छिन्।

राप्रपाको खुलातर्फ केन्द्रीय सदस्यको निर्वाचनमा पूर्वमन्त्री एवम् पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले सबैभन्दा बढी १९ सय ४ मत प्राप्त गरेका हुन् । वर्तमान भूमिसुधार मन्त्री विक्रम पाण्डे १८ सय ५८ मतसहित लोकप्रिय दोस्रो स्थानमा रहदै केन्द्रीय सदस्य निर्वाचित भए भने भर्खरै मात्र राप्रपामा प्रवेश गरेर खुलातर्फ केन्द्रीय सदस्यमा चुनाव लडेकी चर्चित गायिका एवम् सञ्चारकर्मी कोमल ओली लोकप्रिय तेस्रो मत १८ सय ५७ ल्याउदै केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् ।

सँगै खुलातर्फको केन्द्रीय सदस्यमा नेपालगञ्जका पूर्वमेयर धवलशम्शेर राणा, राप्रपाका महामन्त्री राजेन्द्र लिंङदेन, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका जेठा छोरा जयन्त चन्द, पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका छोरा एवम् पूर्वमन्त्री सुनिलबहादुर थापालगायत केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महिलातर्फको केन्द्रीय सदस्यमा कुन्ती शाही, नायिका रेखा थापा, रोशन कार्की, कान्ता भट्टराई, गायिका मीरा राणालगायत १६ जना महिला निर्वाचित भएका छन् ।

राप्रपाको महाधिवेशनमा भएको मतदानमा तीन हजार २ सय ९७ महाधिवेशन प्रतिनिधि सहभागी थिए । राप्रपाको विधानमा ४० प्रतिशत केन्द्रीय सदस्य भने क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ। दुई राप्रपाका बीचमा मंसिर ६ गते भएको एकतापछि भएको पहिलो महाधिवेशनले अध्यक्षको रुपमा कमल थापालाई यसअघि नै निर्वाचित गरिसकेको छ।

 

प्रकाशित मिति: Feb 22, 2017

प्रतिक्रिया दिनुहोस्