Logo
७ बैशाख २०८१, शुक्रबार
(February 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रशासनिक केन्द्र सिंहदरबारमा नागरिक छिर्न किन नपाउने ?

काठमाडौं, १० फागुन । राजतन्त्र हट्यो गणतन्त्र आयो, तर कसलाई आयो ? नागरिक अलमलमा छन् । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार बाहिर उभिएका पाल्पा घर बताउने श्मामलाल ढकाल मंगलबार पराष्ट्र मन्त्रालयमा काम परेर काठमाडौं आए ।

मंगलबार ठिक १० बजे सिंहदरबारको दक्षिण गेटमा भेटिएका उनी दुई घण्टा बाहिर बस्नुपर्यो । कारण थियो भित्रबाट पास नआउनू ।

उनी मात्र होइन मंगलबार बिहान १० बजे सिंहदरबारको दक्षिण गेटमा पुग्दा काम विशेषले विभिन्न मन्त्रालयहरुमा जान खोज्नेको भिड देखिन्थ्यो । तर धेरैको गुनासो थियो भित्रबाट पास आएन । बाहिर बस्नेहरुले पासका निम्ति कम्तिमा आधा घण्टा देखी दुई घण्टा सम्मै कुर्न परेको बताए ।

सहकारी तथा गरिवी निवारण मन्त्रालयमा काम विशेषले जान खोजेका खोटाङका भिम राईले आफूले पास नपाउँदा आईतबार बाहिरैबाट फर्कनु परेको भन्दै मंगलबार आउँदा समेत सोही समस्या झेल्नु परेको गुनासो गरे ।

उनले मुलुकको प्रशासनिक केन्द्र जनमुखी नबनेको भन्दै आक्रोस पोखे । उनले भने,‘सुरक्षाको मामिला देखाउँदै सर्वसाधारणलाई सिंहदरबार भित्र पस्न नदिनु जनतामाथी अपमान हो ।’

त्यस्तै, राई जस्तै पीडित बनेका सुर्खेतका दिनेश ढकालले भने,‘जनताको निम्ति भन्दै अड्डाहरु खोलिए तर जनतालाई बाहिरै बाट निष्तेज गरिन्छ, यो कत्तिको न्याय संगत हो ?’

उनले आफूले बारम्बार मन्त्रालयमा फोन गरेर पास पठाइदिन भनेतापनी भित्रका कर्मचारीले बेइमानी गरेको बताए । यसरी सिंहदरबार भित्र काम विशेषले पस्न खोज्ने नागरिकलाई कर्मचारीको बेइमानीले हिजआज निकैनै शास्ती हुने गरेको छ ।

यतिबेला सिंहदरबारको सुरक्षा गृहमन्त्रालय अन्तरर्गतको सिंहदरबार सुरक्षा गण, नेपाली सेनाले गदैं आएको छ । मुलुकको प्रशासन केन्द्र सुरक्षाका नाममा सुरक्षाकर्मीले घेरेका छन् । सिंहदरबार भित्र करिब सात हजारको हाराहारीमा निजामति कर्मचारी रहदै आएतापनी सर्वसाधारण सहज रुपमा पस्न नपाउँदा जनमुखि प्रशासन नाममा मात्रै सिमित बनेको देखिन्छ ।

काम विशेषले भित्र पस्न खोज्ने सर्वसाधारणको संख्या हजारौं हुन्छ तर पास नआएकै कारण सयौं सर्वसाधारण काम नबनाई फर्किन बाध्य हुनु दुखद रहेको अधिकारकर्मीहरु बताउछन् । यसले गर्दा जनमुखी प्रशासन नारामा मात्रै सिमित हुने र सुचना पाउने नागरिकको अधिकार सिंहदरबारको घेराबन्दीले बञ्चित गराउन नहुने उनिहरुको भनाई छ । –विजय नेपाल

प्रकाशित मिति: Feb 21, 2017

प्रतिक्रिया दिनुहोस्