Logo
२१ मंसिर २०७९, बुधबार
(February 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१९ वर्षपछि वैशाख ३१ गते स्थानीय निर्वाचन घोषणा

काठमाडौं, ०९ फागुन  । सरकारले वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार तेस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने निर्णय गरेको हो ।

०४६ सालको परिवर्तन यता नेपालमा दुई वटा मात्र स्थानीय निकायको निर्वाचन हुन सकेको छैन । पछिल्लो स्थानीय निर्वाचन २०५४ सालमा भएको थियो । करिब १० वर्ष माओवादी सशस्त्र युद्धका कारण निर्वाचन गर्न स्थिति कठिन रह्यो । माओवादी शान्ति प्रक्रियामा आएको एक दशकपछि स्थानीय निर्वाचन घोषणा भएको हो ।

नगरपालिकामा प्रमुख कार्यकारी अधिकृत तथा गाविसमा सचिवलाई सबै जिम्मेवारी दिइएको थियो । सरकारी कर्मचारीलाई मुख्य जिम्मेवारी दिइए पनि ठेक्कापट्टाको कमिसन दलीय संयन्त्रमा रहेका पार्टीहरुलाई भागबण्डा गर्ने परम्परा बसाइएको थियो ।

सोमबार सरकारले निर्वाचन मिति तोक्ने चर्चा आइतबारदेखि नै थियो। सोमबार बिहान १० बजे मन्त्रिपरिषद बैठक बस्दा धेरैले चुनाब घोषणा हुने अपेक्षा गरेका थिए।

तर सञ्चारमन्त्री सुरेन्द्र कार्कीले संविधान संशोधनलाई अघि बढाउने मात्र निर्णय भएको जानकारी दिए।  तेस्रो पटक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले चुनाब मिति घोषणा गरेको हो ।

मिति घोषणा अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार साँझ प्रधानमन्त्री र मन्त्रीहरुले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादब सहित आयोग पदाधिकारीसँग छलफल गरेको थियो। सो छलफलमा आयोग वैशाख ३१ गते निर्वाचन गर्न सक्षम रहेकाले मिति तोक्न भनेका थिए ।

प्रकाशित मिति: Feb 20, 2017

प्रतिक्रिया दिनुहोस्