Logo
१० असार २०८२, मंगलबार
(February 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१४ देशमा राजदुत नियुक्तिको सिफारिश (सूचिसहित)

काठमाडाैं, फागुन ९  ।  सरकारले १४ देशमा राजदुत नियुक्तिका लागि नाम सिफारिश गरेको छ । संसदीय सुनुवाई सिफारिस समितिले प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्ति हुनेछ ।

आज दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले १४ देशमा राजदुत नियुक्तिबारे टुंगो लगाएको हो ।  यसअघि राजदुत नियुक्तिमा भागबण्डा नमिल्दा ढिलाई हुँदै आएको थियो ।

अहिले साउदी अरेविया, दक्षिण कोरिया, इजरायल, दक्षिण अफ्रिका, ओमन, दुबई, जापान, बंगलादेश, श्रीलंका, डेनमार्क, अष्ट्रेलिया र म्यानमार राजदूत छैनन् ।

कांग्रेसबाट अर्जुनजंगबहादुर सिंह कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका , मेशप्रसाद कोइराला कतार,  आशा लामा यूएई, माओवादीबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रवहादुर सिंह साउदी अरब, पदम सुन्दास बहराइन,  राप्रपाबाट प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन, निरन्जन थापा इजरायल, फोरम लोकतान्त्रिकबाट, शर्मिला पराजुुली ओमान रहेका छन ।

प्रकाशित मिति: Feb 20, 2017

प्रतिक्रिया दिनुहोस्