Logo
१३ बैशाख २०८१, बिहीबार
(February 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईएस नियन्त्रित क्षेत्रमा इराकी सेना

इराकको सरकारी सुरक्षाकर्मीहरुले विद्रोही समूह इस्लामिक स्टेटको नियन्त्रणमा रहेको अन्य बाँकी भागमा प्रवेश गर्ने क्रममा मोसुल क्षेत्रका गाउँहरुलाई नियन्त्रणमा लिएको छ। विभिन्न प्रकारका हातहतियार तथा तोप र बारुदको साथमा इराकी सैनिक उक्त ठाउँमा उपस्थित भएका हुन्।

सेनाका लेफ्टिनेन्ट जेनरल अब्दुल मिर रल्लाले छिटो प्रतिक्रिया जनाउने सेनाको समूहले मोसुल विमानस्थल नजिकै रहेको दुई वटा सहरहरु कब्जामा लिइसकेको जनाए। सरकारी सेना मोसुल प्रवेश गर्दा सो क्षेत्रमा रहेका कयौं मानिसहरुको सुरक्षास्थितिलाई लिएर चिन्ता जनाइएको छ।
सैन्य उपस्थितिसँगै सो स्थानका मानिसहरुको अवस्थाबारे मानव अधिकारवादी संघ संस्थाले चिन्ता जनाएका छन् । आइतबार बिहान इराकका प्रधान्मन्त्री हदैर अल अबादीले औपचारिक रुपमा नै सैनिक शासन सुरु भएको भनी घोषणा गरेका थिए। सोही दिन बिहानै हवाई शतिmको सहायतामा सयौँ गाडीहरु इस्लामिक स्टेटले कब्जा गरेको सो स्थान पुगेका थिए।

इराकको एक ठूलो सहर हुँदै त्यहाँ पुगेका उनीहरु मोसुलको विमानस्थल नजिकै पुगिसकेको बताइएको छ। सेनाका लेफ्टिनेन्ट जेनरल अब्दुल मिर रल्लाले छिटो प्रतिक्रिया जनाउने सेनाको समूहले मोसुल विमानस्थल नजिकै रहेको दुई वटा सहरहरु कब्जामा लिइसकेको जनाए। सरकारी सेना मोसुल प्रवेश गर्दा सो क्षेत्रमा रहेका कयौं मानिसहरुको सुरक्षास्थितिलाई लिएर चिन्ता जनाइएको छ।

शरणार्थी सम्बन्धी संस्था नर्वेजियन काउन्सिलकी एलिजावेथ कुकले त्यहाँका मानिसहरुले खाने कुरा,पानीको अभाव तथा अन्य खालका समस्याहरु झेलिरहेको हुन सक्ने बताएकी छिन्। ‘नोभेम्बर यता त्यहाँको व्यापारिक नाका बन्द भएका कारणले त्यहाँका मानिसहरुले खानेकुरा,खानेपानी तथा औषधीको अभाव भइरहेको हामीलाई बताएको छ’, उनले भनिन्।

खाद्यान्न आपूर्ति हुन नसक्दा त्यहाँको स्थिति भयावह भएको उनले बताइन्।  पश्चिमी क्षेत्रमा निकै साँघुरा गल्लीहरु भएको कुरा सैनिककर्मीले बताएका छन्। पूर्वी मोसुल हुँदै पश्चिमी क्षेत्रमा पुग्नका लागि अहिलेको अवस्थामा ठूलो चूनौती बनेको छ। त्यहाँ पुग्नका लागि प्रयोग गरिने सम्पूर्ण पुलहरु सबै भत्काइएका छन् ।  एजेन्सी

प्रकाशित मिति: Feb 20, 2017

प्रतिक्रिया दिनुहोस्