Logo
१५ चैत्र २०८०, बिहीबार
(February 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख ओनसरी पनि  दिल्लीमा 

काठमाडौ, फागुन ६ । सभामुख ओनसरी घर्ती पनि दिल्ली गएकी छिन् । सांसदले विजनेश नपाएको भन्दै १५ दिनका लागि व्यवस्थापिका संसद स्थगित गरेकी सभामुख भोलिदेखि भारतका इन्दौरमा हुने दक्षिण एसियाली राष्ट्रका सभामुखहरुको सम्मेलनमा भाग लिन आज उतातर्फबाट प्रस्थान गरेकी हुन् ।

सविधान संशोधन र चुनावको मिति घोषणा गर्ने विषयमा दलहरुको बीचमा सहमति नभइ रहेको अवस्थामा उनी भारतीय लोकसभा सभमुख सुमित्रा महाजनको औपचारिक निमन्त्रणामा नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । सभामुख घर्तीको यो भारतको पहिलो औपचारिक भ्रमण हो ।
सम्मेलनमा बंगलादेश, श्रीलंका, म्यान्मार, माल्दिभ्स, भुटान, अफगानिस्तानलगायत राष्ट्रका सभामुख सहभागी हुनेछन् ।

संसदमा दलहरुको बीचमा सहमति बनाउने जिम्मेवारी सभामुख घर्तिको पनि हो तर उनी यसरी पटक पटक विदेशी उडेकी हुन् ।
यसअघि उनले संवेदनशिल अवस्थामा विदेश भ्रमण गरेकी थिइन् । सभामुख गत असोज २ मा चीन भ्रमणमा निस्किइन् र ८ गते फर्किइन् । ‘सिल्क रोड इन्टरनेसनल कल्चर एक्स्पो’ मा सहभागी हुन त्यहाँ पुगेकी थिइन् । जब कि असोज ३ गते संविधान दिवस थियो । एडभान्समा संविधान दिवस मनाएर उनी विदेश गएकी थिइन् ।

आफ्नो भ्रमण सुविधाका लागि उनले असोज २ गते नै संविधान दिवस मनाएकी थिइन् । त्यसपछि उनी मंसिर ७ मा रसियाको भ्रमणमा निस्किइन् । मंसिर १२ मा उनी स्वदेश फिर्ता भएकी थिइन् । प्रमुख दलहरुबचि सहमति नहुँदै एमाले र माओवादीका १५७ जना सांसदले कार्तिक ३ मा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

महाअभियोग प्रस्तावमाथिको छलफल कात्तिक २५ बाट मात्र शुरु भएको थियो । संसदमा यो विषयमा चर्काचर्की बहस थियो । तर, छलफल नटुंगिदै सभामुख मंसिर ७ मा रसिया भ्रमणमा निस्किइन् । उनी विदेशमा रहँदा देशमा भने महाअभियोग प्रस्तावलाइ लिएर ठूलै बहस थियो ।

मंसिर २५ गत युएइ भ्रमणमा गइन् । । विश्वभरका महिला सभामुखको अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी त्यहाँ गएकी हुन् । उनी मंसिर २९ गते नेपाल फर्किन । संसदमा गत मंसिर १४ गते सरकारले संविधान संसोधन सम्बन्धी विद्येयक दर्ता गरेको थियो । यो प्रस्तावले सत्तारुढ दल र प्रतिपक्षवीच तनाव बढाइदियो ।

प्रकाशित मिति: Feb 17, 2017

प्रतिक्रिया दिनुहोस्