Logo
१५ चैत्र २०८०, बिहीबार
(February 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस कारण भारत फर्केनन् अवकाशप्राप्त राजदुत रे

फागुन ३, काठमाडौ । नेपालका लागि भारतीय राजदूत रञ्जित रायले जागिरबाट अवकाश लिइसकेका छन् । तैपनि उनी नेपालमै बसिरहेका छन्, किन ? अहिले राय नेपालका विभिन्न जिल्ला पुगेर विदाई कार्यक्रममा व्यस्त छन् । भैरहवा, नेपालगञ्ज, वीरगञ्ज र काठमाडौका केही ठाउँमा भएका कार्यक्रममा उनको विदाई गरिएको छ । रायको जनकपुर लगायतका केहि जिल्लामा विदाई कार्यक्रम हुन बाँकी नै रहेको छ ।

मधेशी मोर्चाले पनि रायको विदाई कार्यक्रम गरिसकेको छैन । फेव्रअरी २८ तारिखबाट जागिरबाट अवकाश प्राप्त गर्ने राय एकमहिना अघिबाटै विदा भने बसिसकेका छन् तर हाल उनी नेपालमै घुमफिरमा व्यस्त छन् । त्यसको कारण हो, ‘उनी पुनः केहि समयका लागि नेपालमै राजदूत भएर बस्न चाहान्छन् ।’

भारतीय सरकारले अवकाश प्राप्त रन्जित रायलाई नै केही समयका लागि राजदूतकै रुपमा नेपाल राख्ने तयारी गरिरहेकाले पनि रायको काठमाण्डौ बसाइ लम्बिएको हो । नेपालस्थित भारतीय दूतावास स्रोतका अनुसार नेपालमा संविधान संशोधन, चुनावलगायतका विषयमा बहस जारी छ, र वर्तमान नेपालको अवस्थाबारे राय जानकार छन् । त्यसैकारण उनलाई नेपालमा चुनाव सम्पन्न नहुन्जेलसम्म राख्ने तयारी भइरहेको छ ।

भारतीय सरकारले रञ्जित रायको ठाउँमा नेपालका लागि अर्का राजदूतको व्यवस्था गरिसके पनि नेपालस्थित भारतीय दूतावासलाई त्यसका अधिकारिक जानकारी पठाएको छैन । जबकि राजदूत सरुवा हुनुभन्दा पहिले त्यसको ठाउँमा आउने व्यक्तिबारे जानकारी गराइन्छ । दूतावास स्रोतले भन्यो, ‘भारतीय विदेश मन्त्रालयमा नेपालका लागि डिएस त्रिमूर्तिको फाइल तयार भइसकेको छ, तर नेपाल पठाइएको छैन ।’

त्रिमूर्ति हाल मलेसियाका राजदूत हुन् । उनी साउथ इण्डियन भएका कारणले नेपालको पोल्टिक्सबारे धेरै त्यति धेरै जानकार छैनन् । त्यही भएर नेपालको वर्तमान तरल अवस्थामा नयाँ राजदूत आउँदा समस्या हुने भएकाले केही समयका लागि रञ्जित रायलाई नै राख्ने छलफल भइरहेको बताइएको छ ।

नेपाल आउनु भन्दा पहिला पनि रायले विदेश मन्त्रालयमा नेपाल डेस्कमा काम गरिसकेकाले नेपालको राजनीति बारे उनलाई धेरै कुराको जानकारी छ । नेपालको पछिल्लो राजनीतिक अवस्थालाई भारतको हकमा रायले राम्रोसँग ह्याण्डिल गरेको रिर्पोर्ट भारत सरकारसँग छ । त्यही कारणले उनलाई केही समयका लागि राख्ने सोंच भारतीय सरकारको छ ।

यद्यपी, यसबारे भारतीय दूतावासका प्रेस विभागका एक सदस्यले राजदूतको कार्यकाल फेव्रअरी २८ तारिखसम्म वाँकी रहेको बताए । रातोपाटीमा समाचार छ ।

प्रकाशित मिति: Feb 15, 2017

प्रतिक्रिया दिनुहोस्