Logo
१३ बैशाख २०८१, बिहीबार
(February 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बच्चा नहुँदा म अत्यन्तै चिन्तित थिएँ, त्यसैले बच्चा चोरेँ’

वीरगञ्ज, माघ २३ । विरगन्ज अस्पतालबाट बच्चा चार्ने लालसादेवीले आफू एक महिनादेखि बच्चा चार्नका लागि अस्पतालको प्रसुती गृहमा ढुकेर बसेको प्रहरीलाई भनेकी छिन्। आफू यस्तो मौकाको खोजीमा रहेकोे र यसपटक मौका मिलेकोले आफू बच्चा चोरे बच्न सक्छु, कसैले थाहा पाउँदैन भनेर नै योजना अनुरुप यस्तो अपराध गरेको उनको भनाइ छ।

जन्मेको दुई घन्टामै वीरगञ्ज अस्पतालबाट हराएको बच्चा चोरेको आरोपमा बेल्वा गाविस–९ बाट पक्राउ परेकी लालसादेवी साहले प्रहरीसमक्ष प्रारम्भिक बयानमा भनेकी छिन्, ‘निसन्तान हुनुको पनि पीडा रहेछ । त्यही पीडाका कारण म चोर हुन बाध्य भएँ ।’ साहले वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट सुक्रबार वीरगञ्ज उपमहानगरपालिका–१ छपकैयाकी आशादेवी पासवान र मुकेश पासवानको नवजात छोरो चोरेकी हुन् ।

बच्चा चोरेर बच्नको लागि आफू सुत्केरी भएको बहना बनाउँदै बेल्वास्थित माइत पुगेको प्रहरीले जानकारी दिएको छ । हातमा बच्चा लिएर पुगेकी आफ्नी छोरीलाई देखेर आरोपी साहका बाबु बिन्देश्वर कानूको घरमा खुशीयाली छाएको थियो । ‘ बिहे गरेको ५ बर्षसम्म पनि निसन्तान छोरीलाई पुत्रलाभ हुँदा त्यहाँ खुशीयाली छाएको रहेछ तर त्यो खुशी दुई दिन पनि टिक्न सकेन’ पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले भने, ‘बच्चा हराएको खबरसँगै हामी निरन्तर अनुसन्धानमा थियौं, बच्चा सकुशल फेला पर्यो र हामीले अहिले बच्चा वास्तविक आमाबाबुलाई बुझाइसकेका छौं।’

 

प्रकाशित मिति: Feb 7, 2017

प्रतिक्रिया दिनुहोस्