Logo
४ बैशाख २०८१, मंगलबार
(February 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तयार रहन निर्देशन सहित  चीनले पनि गर्यो सुरक्षा रणनीतिमा परिवर्तन

सुनिल शर्मा, काठमाडौं । दक्षिण एसियामा भारतले आफ्नो सुरक्षा रणनीतिमा गरेको परिवर्तनका कारण उत्तरी छिमेकी मुलुक चीनले पनि आफ्नो सुरक्षा रणनीतिमा परिवर्तन थालेको छ । नेपालको राजनैतिक घटनाक्रम सँगै अन्तर्राष्ट्रिय चासो नेपालमा बढ्न थालेपछि चीनले तिब्बत मामिलालाई लिएर आफ्नो सुरक्षामा खतरा बढेको महशुस गरेको हो ।

नेपालको राजनैतिक अस्थिरता र राजनैतिक दलहरुको गतिविधिलाई लिएर चिनिया ‘थिङ्क ट्याङ्क’ हरुले नेपाल मामिलामा अध्यन गर्न अन्तर्राष्ट्रिय विज्ञहरुको छलफल चलाएर नयाँ ढंगबाट अध्यन शुरु गरेको हो । हालसम्म ‘पर्ख र हेर’ कै नीतिमा बसेको चीनले नेपालको पछिल्लो राजनैतिक घटना क्रम र भारतले बदलेको सुरक्षा रणनीतिलाई लिएर आफ्नो सुरक्षा रणनीतिमा नेपाललाई केन्द्रमा राखेर परिवर्तन गर्न थालेको कुरा चिनिया मामिलाका विशेषज्ञहरुले बताएका छन् ।

सम्बन्धमा पाकिस्तानबाट अध्ययन गर्न थालेको छ । पाकिस्तानी गुप्तचर संस्था आइएसआई मार्फत चीनले सुरक्षा सूचना आदान प्रदान गर्न थालेको छ । भारतीय सुरक्षा रणनीति परिवर्तनसँगै चीनले अख्तियार गरेको यो रणनीतिले भारतलाई भविष्यमा कश्मिर मामिलालाई लिएर निकै अप्ठेरो पर्ने जानकारहरु बताउँछन् ।

नेपाललाई चीनले आफ्नो सुरक्षा रणनीति अनुसार उच्च प्राथमिकतामा राख्दै आएको छ । दक्षिण एसियामा भारतले परिवर्तन गरेको सुरक्षा रणनीतिलाई लिएर चीनले पनि आफ्नो सैन्य रणनीतिमा परिवर्तन थालेको हो ।

चीन यतिबेला नेपालसँगका उच्चस्तरीय बैठकहरुलाई समेत त्यागेर नेपालसँग सैनिक संयुक्त अभ्यासमा लागेको छ । हालसम्म कहिले पनि नभएको चीन नेपाल सैनिक संयुक्त अभ्यासले भारतको टाउको दुःखाई बढेको छ । चीन दक्षिण एसियामा ‘वान वेल्ट वान रोड’ को माध्यमबाट अघि बढ्न थालेको छ । तर नेपालले भने आफ्नै राजनैतिक उल्झनका कारण आफ्नो स्पष्ट धारणा बनाउन सकेको छैन ।

नेपालका राजनैतिक दल र तिनका नेताहरु चिनिया राण्नीति बुझ्ने प्रयत्न नगर्दा भारतीय पोल्टामा पर्दै गएका छन् । जसको कारण भारतले कतिपय मामलामा नचहादा नचाहादै पनि अनावश्यक हस्तक्षेप गर्न बाध्य भएको छ । चीनलाई नेपालका राजनैतिक दलहरुले नबुझ्दा नेपालको सुरक्षा र सार्वभौमतामाथि भारतीय खतरा बढेर गएको छ ।

चीन के भन्न चाहन्छ ? त्यष्स तर्फ बुझ्ने र गृहकार्य गर्न नेपालले नसक्नु नेपाली राजनीतिको अदुरदर्शीता हो । चीनले दक्षिण एसियामा नेपाललाई केन्द्रमा राखेर गरेको सुरक्षा रणनीतिलाई गम्भीरता पूर्वक लिनु पर्छ । यतिबेला प्रचण्ड सरकार चिनिया रणनीतिलाई वेवास्ता गर्दै भारत समक्ष लम्पसार पर्दा चीनसँगको आन्तरिक नीति सम्बन्धमा असर पार्न थालेको छ ।

नेपालको कुटनीति नै यतिबेला पङ्ग बन्न पुगेको छ । राजनैतिक दलका नेताहरुलाई कुटनीति के हो त्यो समेत थाहा नभएका कारण नेपालको कुटनीति प्रोएक्टीम त होइन रियाक्टीम समेत हुन नसकेको अवस्था छ ।

कुटनैतिक अध्यन र राजनैतिक तालमेल नमिल्दा नेपाल चीन बिचका थुप्रै कामहरु अड्केका छन् । चीन नेपाल मामिलामा सकारात्मक भए पनि सरकारमा बस्नेहरुले भारतसँगै अल्झिएर चीनसँगको कुटनैतिक सम्बन्धलाई बिर्सिदिँदा नेपाल चीन सम्बन्धमा भविष्ष्यमा थुप्रै समस्या आउने देखिएको छ ।

खुल्ला सिमानाका कारण नेपाल भारतसँग नजिकिनु चीनको टाउको दुःखाई होइन । तर भारतमार्फत चीन विरुद्धको गतिविधि चाहिँ चीनका लागि पाच्य विषय नरहेका कारण तिब्बत मामिलामा चीन गम्भिर रहेको छ । तर नेपाली पक्षले त्यसलाई हलुका ढंगले लिँदा चिनिया चासो नेपालमा ह्वात्तै बढेको हो ।

यतिबेला उत्तरी छिमेकी मुलुक चीन नेपाली राजनैतिक दलका नेताहरुको कारण त्यति राम्रो छैन । चीन यतिबेला सरकारी स्तरदेखि जनस्तर सम्मै सम्बन्ध विस्तारमा नेपाल मामिलालाई लिएर लागेको छ । नेपालको राजनैतिक अस्थिरताका कारण दक्षिण एसियाकै सुरक्षामा खतरा उत्पन्न भएको चिनिया रणनीतिकारहरुको बुझाई छ ।

पछिल्लो समय चीनको सम्बन्ध रहेको या नरहेको भन्ने विषय र स्पष्ट पार्ने हतियारका रुपमा छ चिनिया पर्यटक । हरेक वर्ष १० करोड चिनियाले विश्व भ्रमण गर्ने गरेका छन् । त्यही पर्यटकको भ्रमणलाई समेत चीनले उपयोग गरिरहेको छ । चीनले दक्षिण कोरियालाई हालै र एक वर्षअघि फिलिपिन्समा आफ्ना पर्यटक जान रोक लगाउँदा त्यहाँको सरकारले चीनसँग दुईपक्षीय वार्ता गरेर पर्यटक खुला गरेको थियो । यस्तो चीनले पछिल्लो समय नेपालमा पर्यटक नजान निर्देशन आन्तरिक रुपमा दिनु नै सम्बन्ध चिसिएको संकेतका रुपमा बुझ्नु पर्ने हुन्छ ।

विश्व पर्यटन बजारमा ठूलो हिस्साका रुपमा रहेको चिनिया पर्यटकलाई सम्बन्धको टुलको रुपमा चीनले उपयोग गर्न थालेको अवस्थामा हामीले सम्बन्ध सन्तुलनमा सचेतना अपनाउन सक्नुपर्छ, दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख डा.निश्चलनाथ पाण्डेले भने, नेपालमा आगामी नयाँ वर्षमा पर्यटक भित्र्याउने कुरा गरिरहेको चीन अहिले आन्तरिक सर्कुलर गरेर पर्यटक रोक्दै छ । यो राम्रो संकेत होइन । न हामीले दक्षिणको विश्वास लिन सक्ने भयौं न त उत्तरको । यसमा गम्भीर हुन जरुरी छ ।

चिनिया राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणको पहल भइरहेको बेला सम्बन्धमा अविश्वास पैदा हुनुलाई विज्ञहरु राम्रो मान्दैनन् । अवस्था सन्तुलित भए चिनिया राष्ट्रपति नेपाल आउने नै छन् तर त्यसतर्फ नेपालले ध्यान दिन सकेको छैन ।

नेपालको मुड बुझ्न कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख लिउ छिपाओ नेपाल नै आए तर उनी ढुक्क देखिएनन् । जसका कारण उनले सबैभन्दा ठूलो र दोस्रो दलका प्रमुखसँग दुईपक्षीय भेटसमेत गरेनन् । चीन धेरै बोल्दैन, व्यवहारमा व्यक्त गर्छ भन्ने विषय बुझ्न ढिलाई गर्न हुँदैन ।

प्रकाशित मिति: Feb 7, 2017

प्रतिक्रिया दिनुहोस्