Logo
६ बैशाख २०८१, बिहीबार
(February 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लाइन लागेर प्रधानमन्त्री सहित बिभिन्न नेताहरुले गरे मतदान

काठमाडौं, माघ २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन हुँदैन कि भनेर आशंका नगर्न आग्रह गरेका छन् । मंगलबार निर्वाचन आयोगमा नमुना विद्युतीय मतदानमा सहभागि हुँदै उनले स्थानीय निर्वाचनका लागि आयोगलाई पत्राचारसमेत गरिसकेकाले तीनै तहको निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका थिए ।

उनले विज्ञान र प्रविधिको आजको युगमा विद्युतीय मतदानको आवश्कताबारे पनि प्रकाश पारेका थिए । “आगामी निर्वाचनमा हामी पनि विद्युतीय मतदानमा जानुपर्छ, यसबारेमा राजनीतिक दल, निर्वाचन आयोगसँग बसे छलफल गर्छौं,” उनले जोड दिए । उनले मोबाइल प्रयोग गर्ने पुस्ता विद्युतीय मतदानमा जान हिच्किचाउनुनपर्ने तर्क अघि सारेका थिए ।

नमुना मतदानमा प्रधानमन्त्रीबाहेक एमाले नेता माधव नेपाल, संघीय समाजवादी फोरमका बरिष्ठ एवम् संसदीय दलका नेता अशोक राईलगायत नेताहरू पनि नमुना मतदानमा सहभागी थिए ।  कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले विद्युतीय भोटिङ मेसिनले निर्वाचन स्वच्छ, पारदर्शी, निष्पक्ष, छिटो र कम खर्चिलो हुने बताए । #तस्बिरः प्रधानमन्त्री सचिवालय

 

प्रकाशित मिति: Feb 7, 2017

प्रतिक्रिया दिनुहोस्