Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआईसी एशिया बैंकमा सीईओ लक्ष्मण रिसालले के गरे ?

 काठमाडौं, २५ माघ । बैंक अफ एशिया र एनआईसी बैंक मर्ज भएर बनेको एनआईसी बैंकमा लामोसमयदेखी कर्मचारी विवाद चलेको छ ।

सोही क्रममा यसैसाता आधा दर्जन वरिष्ठ अधिकारीहरुलाई ‘कु’ गरेर हटाइएको छ । यसरी हटाइनेमा डिजिएम विमल डाँगासहित ६ वरिष्ठ अधिकारीहरु छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले गतसाता एक दर्जन विभागिय प्रमुखहरुलाई सरुवा गर्नका लागि तयारी गरेका थिए । कर्मचारी पदपूर्ति समितिका संयोजक समेत रहने डिजिएम विमल डाँगालाई सो सरुवाको लिष्ट सिईओ रिसालले दिएका थिए ।

तर, उनले विभागिय प्रमुखहरुलाई शाखास्तरमा सरुवा गर्नका लागि मानेका थिएनन् । त्यसलगत्तै सिईओ रिसालले आफूलाई मन नपर्ने वरिष्ठ कर्मचारीहरुलाई हटाउने निर्णय लिए ।

संचालक समितिबाट सहमति लिइसकेका रिसालले सिईओपछि दोस्रो वरियताका डाँगा सहितका कर्मचारीहरुलाई हटाउनका लागि लामोसमय अपमान र ह्यारेस गदैं आएका थिए ।

सेयर बजारका अनुसार, सोही क्रममा गतसाता रिसालले बैंकमा विभागीय प्रमुख भएर काम गरिरहेका वरिष्ठ कर्मचारीलाई हटाउनको लागि भीआरएसको सूचना टाँसदिए ।

सिमित बरिष्ठ अधिकारीहरुलाई मात्र लक्षित गरेर सिनियर मेनेजर भन्दा माथिल्लो तहमा ५ बर्षभन्दा बढी काम गरेका व्यक्तिले राजीनामा दिएमा निश्चित सुविधा दिने गरी भीआरएस सुविधाको स्किम ती कर्मचारीलाई पठाइएको निकटतम स्रोत बताउछ ।

प्रकाशित मिति: Feb 7, 2017

प्रतिक्रिया दिनुहोस्