Logo
६ बैशाख २०८१, बिहीबार
(February 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगको पत्र: दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव

काठमाडौं, २४ माघ। निर्वाचन आयोगले दुई चरणमा निर्वाचन गर्ने कार्यतालिकासहित सरकारलाई पत्र पठाएको छ । सोमबार विहान आयोगले सरकारलाई पत्र पठाएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिए। सरकारले स्थानीय निर्वाचनको तयारीको लागि निर्वाचन आयोगलाई लेखेको पत्र स्पष्ट नभएको भन्दै निर्वाचन आयोगले नै सरकारलाई अर्को पत्र पठाएको हो।

आयोगले सोमबार विभागीय मन्त्रालयमार्फत पत्राचार गरेको हो। आयोगले निर्वाचनको मिति, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन, कर्मचारी व्यवस्थापन, खर्च व्यवस्थापना लगायतका विषयमा स्पष्टता खोज्दै सरकारलाई पत्रचार गरेको हो। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको नेतृत्वको आइतबारको बैठकले सरकारलाई थप स्पष्टताका लागि पत्राचार गर्ने निर्णय गरेको थियो।

आयोगले सरकारले पत्रमा मिति प्रस्ताव नगरेपछि दुई चरणमा स्थानीय निर्वाचन गर्नेगरी निर्वाचनको मिति प्रस्ताव गरेको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त डा. यादवका अनुसार आयोगले सरकारलाई आउँदो जेठ १ र २१ गते स्थानीय निर्वाचन गर्नेगरी सुझाव दिँदै पत्र पठाएको छ। आयोगको प्रस्ताव अनुसार पहिलो चरणमा जेठ १ र दोस्रो चरणमा जेठ २१ गते निर्वाचन हुनेछ।

प्रकाशित मिति: Feb 6, 2017

प्रतिक्रिया दिनुहोस्