Logo
७ बैशाख २०८१, शुक्रबार
(February 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘खपिनसक्नु’ छ शिखर इन्स्योरेन्सको दादागिरी

काठमाडौं, २४ माघ । शिखर इन्स्योरेन्स पछिल्लो समय दादागिरीको भरमा चलेको पाइएको छ । नक्कली अटो इन्स्योरेन्स गराई पटक/पटक वीमा समितिको कारबाहमिा परेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड फेरि विवादमा तानिएको हो । १ सयमा १२२० रुपैयाँ प्रिमियम थपि एफपिओ ल्याउने तयारी गरेको यस कम्पनीले रातारात शेयरको मुल्य बढाउने खेल शुरु गरेको छ ।

पुँजी बृद्धिको नाममा जनता ठग्ने वीमा समिति अध्यक्ष चपागाईले भने, हामी छानवीन गदैं छौं । एफपिओ फेरी गर्ने कुरा छ । के हो बुझ्ने प्रयासमा छौं । बदमासी भएको भए कारबाही हुन्छ । एक वर्ष नबित्दै शिखर इन्सोरेन्सले पुनः नयाँ सेयर प्रस्ताव गरेको छ । नेप्सेमा कम्पनीले दिएको सुचना अनुसार कम्पनीले सर्वसाधारण सेयर धनीको स्वामित्व ४० प्रतिशत पुर्याउन एफपीओ जारी गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १ सयमा १५२० रुपैयाँ प्रिमिउम थपेर एफपिओ जारी गर्ने उल्लेख छ । कम्पनीले कुल १३ लाख ६२ हजार ६ सय ८१ कित्ता सेयर जारी गर्ने उल्लेख छ । राजतिलकका अनुसार, कम्पनीको साधारण सभाले पारित गरेको भनिएको यो प्रस्ताव कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र बोर्डमा पेश गर्ने उल्लेख गरिएको छ ।

तर यसअघिनै धितोपत्र बोर्डले पटकपटक एफपिओ जारी गरेर लाभांश वितरण गरिरहने रणनीति कम्पनीहरुको हुन सक्ने भन्दै औचित्य खोजिने बताएको थियो ।

प्रकाशित मिति: Feb 6, 2017

प्रतिक्रिया दिनुहोस्