Logo
४ बैशाख २०८१, मंगलबार
(February 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूतपूर्व गोर्खाहरुबाट नागरिकता निरन्तरताको माग

युके, बेलायतमा रहेका गोर्खाहरुको भेलाले भुतपुर्व गोर्खा र तिनका परिवारलाई नेपाली नागरिकताको निरन्तरताको माग गर्ने निर्णय गरेको छ । फेव्रुअरी ४ मा युकेको अल्डरसटमा भएको गोर्खाहरुको भेलाले २ सय बर्ष लामो कुटनैतिक सम्बन्ध र त्रिपक्षिय सन्धिको आधारमा नेपाल सरकारको आदेशमा गोर्खा सेनाअन्तर्गत सेवा गरेकाले गोर्खाहरुलाई नेपाली नागरिकताको निरन्तरता गर्न आवाश्यक रहेको भेलाको निश्कर्ष छ ।

युके लगायत विश्वका ६६ मुलुकले दोहोरो नागरिकताको ब्यवस्था गरेको कारण युकेमा रहेका भुतपुर्व गोर्खाहरुको निम्ति पनि दोहोरो नागरिकताको ब्यवस्थाले सिंगो मुलुकका निम्ति हितकर हुने उनीहरुको ठहर छ । भेलामा डा. चन्द्र लक्सम्बा, जनजाति महासङ्घका पुर्वअध्यक्ष श्रीप्रसाद लिम्बू, सत्याग्रहका निर्देशक ज्ञानराज राई, नागरिकता अभियन्ताहरु सन्तोष थलङ, सूनबहादुर तामाङ, थर्क बहादुर रानामगर साथै महिला नेतृ कमला थापामगर, सत्याग्रहका सहसंयोजक सुर्य नेम्बाङ, एनआरएन आईसिसि विश्वास दीप तिगेला, सङ्घीय समाजवादी फोरम, नेपालका केन्द्रीय सल्लाहकार देव तुलाचन, काजी शेर्पा लगायतले आआफ्नो विचार ब्यक्त गरेका थिए ।

गोर्खाहरुले नागरिकताबारे सन् २०१४ देखि निरन्तर आवाज उठाउदै आएका छन् । हालै उनीहरुले सभामूख र प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बूझाई सकेका छन् । भेलालगतै बसेको बैठकले समिति विस्तार गरेको छ । थर्क राना संयोजक रहेको समितिमा वरिष्ठ सहसंयोजक सुनबहादुर तामाङ, संयोजकहरु श्रीप्रसाद लिम्बू, कमल गरुङ, कमला थापा, उपसंयोजक मानबहाद’र गूरुङ, साना शेर्पा र कोषाध्यक्षमा मान माबहाङ रहेका छन् । सन्तोष थलङ, डा. चन्द्र लक्सम्बा, ज्ञानराज राई सल्लाहकारमा चयन भएका छन् ।

प्रकाशित मिति: Feb 5, 2017

प्रतिक्रिया दिनुहोस्