Logo
७ बैशाख २०८१, शुक्रबार
(February 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी हिरासतबाटै उत्पात मच्चाउदैं सीके राउत !

काठमाडौं, २३ माघ । सीके राउतले प्रहरी हिरासतबाटै उत्पात मच्चाइरहेका छन् । राज्य विरुद्ध संगठित अपराध गरेको आरोपमा पक्राउ परेका राउतले हिरासतमै रहेको बेला समाजिक संजालको व्यापक प्रयोग गरी आफ्नो अभियानलाई चलाइरहेका हुन । हिरासतमा रहेका व्यक्तिलाई मोबाइल लगायत कुनैपनि सामग्री चलाउन नदिइने नियम भएको भएपनि उनको फेशबुक, ट्वीटर हरेक घण्टामा अपडेट भइरहेको छ । तर प्रहरीले भने सीके राउतलाई अरु सरह नै हिरासतमा राखिएको र मोबाइल लगायत कुनैपनि विद्युतीय सामग्री चलाउन नदिएको दावी गरेको छ ।

उनलाई हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी राजकुमार केसीले उनको ट्वीटर अरु कसैले चलाइरहेको हुन सक्ने बताएको छ । राउतको संगठन स्वतन्त्र मधेश गठबन्धनका सह–संयोजक कैलाश महतोले भने राउतको ट्वीटर चलाउनेलाई प्रहरीले कारवाही गर्नुपर्ने बताएका छन् । कतिपय अवस्थामा प्रहरीले मोबाइल राखेर उनीहरुलेनै अपडेट गरिदिने गरेको आरोप पनि उनले लगाएका छन् ।

विहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई राति नै सिराहा ल्याएर प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालत सिराहाबाट १० दिनको म्याद पनि थपेको छ । राउतको पक्षमा केही ‘मानवअधिकारवादी’हरु उत्रिएका छन् । राउतलाई अविलम्ब रिहा गरेर उनीसँग वार्ता गर्न भन्दै केही मानवअधिकारवादीले देश टुक्र्याउने अभियानप्रति समर्थन जनाएका हुन् ।

राउत पक्राउ पर्नासाथ त्यसरी वक्तव्य निकाल्ने व्यक्ति हुन् नेपाल मानवअधिकार संगठन हुरोन का अध्यक्ष अधिवक्ता इन्द्रप्रसाद अर्याल हुन् । यो मानवअधिकार संगठन स्व. ऋषिकेश शाहले स्थापना गरेका हुन् । हाल अर्याल अध्यक्ष रहेको यो संगठनमा यसअघि कपिल श्रेष्ठ, सुदीप पाठक र चरण प्रसाईसमेत अध्यक्ष भइसकेका छन् ।  संगठनका तर्फबाट शुक्रबार नै निकालिएको वक्तव्यमा सिके राउतलाई ‘मधेसको अधिकारका लागि आन्दोलन गरिरहेका’ व्यक्ति भनिएको छ ।

राष्ट्रिय अखण्डताविरोधी गतिविधि सञ्चालन गरेको आरोपमा पक्राउ परेका राउतलाई रिहा गरी प्रभावकारी वार्ता थाल्न वक्तव्यमा आग्रह गरिएको छ । विगतमा यसैगरी लण्डनस्थित एमनेष्टी इन्टरनेशनलले राउतको पक्षमा वक्तव्य निकालेको थियो । सो वक्तव्यको नेपालका मानवअधिकारवादीहरुले विरोध गरेका थिए । सिके राउतलाई हेर्नेबारे नेपालका मानवअधिकारवादीवीच मतान्तर हुँदै आएको छ ।

सिके राउतले प्रहरी हिरासतबाटै यसरी चलाए सामाजिक संजल …! 

प्रकाशित मिति: Feb 5, 2017

प्रतिक्रिया दिनुहोस्