Logo
८ बैशाख २०८१, शनिबार
(February 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउतलाई कडा कारवाहीको माग गर्दै काठमाडौंमा प्रर्दशन

काठमाडौ, माघ २१ । मुलुक विखण्डन गर्ने अभिव्यक्ति दिएको भन्दै सिके राउतलाई कडा कारवाहीको माग गर्दै काठमाडौंमा प्रर्दशन भएको छ । प्रहरीले राउतलाई विगतमा पटकपटक पक्राउ गर्दै रिहा गरेको भन्दै रैथाने एकता परिषदले मुलुक विखण्डन गर्न खोजेको भन्दै राउतलाई कारवाहीको मागसहित शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा प्रर्दशन गरेका हुन् ।

राउत विहिबार जनकपुरबाट पक्राउ परेका थिए । राउतलाई राज्य विरुद्धको संगठित अपराध अन्तरगत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । राउतले छुटै मधेश राज्यको माग गर्दै विभिन्न अभियान संचालन गर्दै आएका छन् ।

रैथाने एकता परिषदले तराई मधेशका केही अगुवाले राउतलाई अघि सारेर आफ्ना मधेसी जनताको अधिकार भन्दा पनि मुलुक विखण्डन गर्न खोजेको आरोप लगाएको छ । प्रर्दशनमा सहभागीहरुले राउतका अभिव्यक्ति राष्ट्रिय अखण्डताको विरुद्ध भएको भन्दै प्लेकार्डमार्फत कडा कारवाही गर्न माग गरे ।

प्रकाशित मिति: Feb 3, 2017

प्रतिक्रिया दिनुहोस्