Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(February 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेरबहादुर देउवाको निर्देशन: ‘चुनावको तयारीमा जुट्नुस्’

काठमाडौ, माघ २१ । नेपाली काँग्रेसले स्थानीय निर्वाचनको तयारीमा जुट्न पार्टीका सवै नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले निर्वाचनमा केन्द्रित भएर जनतामा जान पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

पार्टीको भातृ संगठन नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय परिषद भेलालाई सम्बोधन गर्दै सभापति देउवाले स्थानीय निर्वाचनमा जित्नेगरी तयारी गर्न मजदुर नेताहरुलाई सचेत गराए । सभापति देउवाले भने, चुनाव जित्न सक्नेहरुलाई मात्रै पार्टीले स्थानीय निर्वाचनमा उम्मेदवार बनाउँछ । श्रमिकहरुको आधारभूत अधिकारको सुनिश्चित गर्न ध्यान केन्द्रित भएको छ ।

श्रमिकहरुले काम भन्दा पनि आन्दोलन र हड्ताल गर्ने गरेका छन् यो राम्रो होईन ।काम गरे दाम पाईन्छ, त्यसले मात्र मजदुरहरुको हक अधिकारको पनि सुरक्षा हुन्छ । कार्यक्रममा मजदुर नेताहरुले राष्ट्रको नीति निर्माणमा मजदुर नेताहरुको उल्लेख्य प्रतिनिधित्व गराउन पार्टी नेताहरुको ध्यानाकर्षण गराएका थिए । उनीहरुले श्रममैत्री कानुन निर्माणको दिशामा पनि ठोस पहलकदमी लिन पार्टीलाई दवाव दिएका छन् ।

प्रकाशित मिति: Feb 3, 2017

प्रतिक्रिया दिनुहोस्