Logo
६ बैशाख २०८१, बिहीबार
(February 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेम गरेको भन्दै स्कूलले निकालेपछि विद्यार्थीद्वारा आत्महत्या

काठमाडौं, माघ २० । ललितपुरको धापाखेलमा रहेको जेम्स स्कुलमा पढ्थे दाङका प्रज्वल शर्मा । दश कक्षामा पढ्दै आएका प्रज्वल काठमाडौं महानगरपालिका–१४ बल्खु स्थित कुमारी क्लव पछाडी परिवारसँगै बस्दै आएका थिए । उमेरले १५ बर्ष पूरा भएका शर्मा यसपाली एलएलसी दिने तयारीमा थिए । जेम्समा आफुसँगै पढ्ने केटी साथीसँग उनको माया बसेको थियो ।

निकै चर्चित मानिने जेम्स स्कूलका प्रिन्सिपल बादल प्रधानले प्रज्वलको प्रेम सम्बन्धबारे थाहा पाएपछि गत मंगलबार स्कुलबाट निकालिदिएको परिवार स्रोतले दाबी गरेको छ । स्कुलले निकालेपछि निकै तनावमा आएका प्रज्वलले अन्ततः मृत्युको बाटो रोजेका छन् । बिहीबार उनलाई आफु सुत्ने कोठामा फ्यानको हुकमा झुण्डिएको अवस्थामा फेला पारेपछि उनका दाईले छिमेकीलाई खबर गरेका थिए ।

सलको पासो लागेर झुण्डिएका शर्मालाई प्रहरीको रोहबरमा उपचारका लागी बल्खु स्थित बयोधा अस्पताल लैजाँदा मृत्यु भएको पारिवारिक स्रोतको भनाई छ । दाङको परस्पुर गाविस घर भएका प्रज्वलको आमा त्रिभुवन विश्वाविद्यालयका कर्मचारी हुन् । रातोपाटीमा समाचार छ ।

प्रकाशित मिति: Feb 2, 2017

प्रतिक्रिया दिनुहोस्