Logo
१३ बैशाख २०८१, बिहीबार
(February 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयोगलाई निर्वाचन तयारीका लागि सरकारले पत्राचार गर्ने

काठमाडौं, माघ २० । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनबारे महान्यायाधिवक्ता, कानुनमन्त्री र सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले दिउँसो ४ बजे बस्ने मन्त्रीपरिषद् बैठकपछि आयोगलाई पत्राचार गर्ने तयारी गरेको हो । निर्वाचनको मिति भने फागुन अन्तिम सातसम्ममा तोक्ने र जेठमा निर्वाचन गर्ने सत्तारूढ दलबीच लगभग सहमति भइसकेको छ ।

सरकारले निर्वाचनबारे असन्तुष्ट दललाई समेत निर्वाचनका लागि सहमतिमा ल्याउने भन्दै मिति घोषणा नगरी निर्वाचनको तयारी गर्न आयोगलाई पत्राचार गर्ने भएको हो । पुनर्संरचना आयोगको प्रतिवेदन, स्थानीय तहको निर्वाचन र संविधान संशोधनलगायत विषयमा बुधबार प्रधानमन्त्रीले कानुनविद्हरूसँग छलफल गरेका थिए ।

पुनर्संरचना आयोगको प्रतिवेदनमा विभिन्न दलको र स्थानीय स्तरमै विरोध रहेकाले छुट्टै संयन्नत्र बनाएर छलफल गर्ने समेत सरकारको तयारी छ । त्यसैगरी सरकार गठनको ६ महिना पुगेकाले बिहाीबारको बैठकमा सरकारको कामकारबाही बारेसमेत छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: Feb 2, 2017

प्रतिक्रिया दिनुहोस्