Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जब १७ वर्षकी किशोरीले चक्कु देखाएर पुरुषलाई बलत्कार गरेपछी…

पुरुषले महिलालाई बलत्कार गरेको घटना त बारम्बार सुनिन्छ, तर अब महिलाले पनि पुरुषलाई बलत्कार गर्न थालेका छन् । यो घटना अमेरिकाको मिचिगनमा भएको हो ।

एउटी १७ वर्षकी किशोरीले आफूभन्दा जेठो पुरुषलाई चक्कु देखाएर बलत्कार गरेकी छन् । बलत्कारी लेस्टिना मारी स्मिथलाई प्रहरीले पक्राउ गरेको छ र उनले बाँकी जीवन खोरभित्र बिताउनुपर्ने हुन सक्छ ।

उनीमाथि पहिलो डिग्रीको यौनजन्य महापराध गरेको अभियोग लगाइएको छ । अमेरिकामा सबैभन्दा गम्भीर अपराधलाई पहिलो डिग्रीभित्र राखिन्छ र उनीहरुले सबैभन्दा कठोर सजाय भोग्नुपर्छ । गत ११ जनवरीका दिन लेस्टिनाले सागिनउ टाउनसिपमा एक १९ वर्षका पुरुषमाथि बलत्कार गरेकी थिइन् ।

यौनजन्य विषय भएकाले पीडित पुरुषको नाम गोप्य राखिएको छ । प्रहरीका अनुसार लेस्टिनाले चक्कु देखाएर आफूसँग मुखमैथुन र सम्भोग गर्न पुरुषलाई बाध्य पारेकी थिइन् । प्रहरीले घटनाको बारेमा थप विवरण खुलाएको छैन । लेस्टिनालाई हतकडीबिना सागिनउ काउन्टी जेलमा राखिएको छ ।

उनलाई ३ फेब्रुअरीमा सम्भावित सुनवाईका लागि अदालतमा उपस्थित गराइने छ । उनीमाथिको पहिलो डिग्रीको महाअपराध प्रमाणित भएमा बाँकी बाँकी जीवन उनले जेलभित्रै कटाउनुपर्ने हुन्छ ।

अचम्मको कुरा के छ भने सामाजिक सञ्जालमा धेरैले लेस्टिनाप्रति सहानुभूति व्यक्त गरेका छन् । परिवार र नजिकका साथीहरुले पनि सानै उमेर भएकाले उनलाई माफी दिनुपर्ने माग गरिरहेका छन् । तर अमेरिकी कानुनअनुसार उनलाई दण्डित गर्न उमेरले फरक पर्दैन ।
एजेन्सी

प्रकाशित मिति: Jan 25, 2017

प्रतिक्रिया दिनुहोस्