Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोवाइल फोन ह्याङ्ग भयो ? यसो गर्नुस्

स्मार्टफोन स्लो हुने र ह्याङ हुने समस्याबाट धेरै प्रयोगकर्ताहरु पीडित हुन्छन् । यस्तो समस्या उत्पन्न हुँदा धेरै प्रयोगकर्ताहरुले फोन अफ र अन गर्ने गर्छन् भने कोही सर्भिस सेन्टर पुग्छन् । तर, तपाईंलाई थाहा नहुन पनि सक्छ कि कहिलेकाहीँ हाम्रो आफ्नै गल्तिले गर्दा पनि स्मार्टफोन बारम्बार ह्याङ्ग हुन सक्छ । यहाँ हामी तपाईंलाई केही टिप्सहरु दिँदैछौं जसले तपाईंलाई यो समस्याबाट छुटकारा दिलाउन सक्छ ।

इन्टरनल मेमोरीबाट एप्सलाई सार्नुस्
स्मार्टफोनमा जति पनि एप्स हुन्छन्, ती सबैलाई इन्टरनल मेमोरीमै सेभ गरिएको हुन्छ । यदि फोनमा बढी एप्स छन् भने फोनको प्रोसेसिङ स्लो हुन्छ । यस्तो तपाईं फोनमा रहेका एप्सहरुलाई एसडी कार्डमा सार्न सक्नुहुन्छ । यसबाट फोनको प्रोसेसिङ फास्ट हुनेछ ।

फाल्तु एप्सहरु हटाउनुस्

स्मार्टफोनमा कतिपय यस्ता एप्सहरु पनि हुन्छन्, जसले केवल फोनको स्टोरेजलाई बढाउँछन् । तर तिनीहरु कहिल्यै प्रयोगमा आउदैनन् । यस्ता एप्सहरु डिलिट गरिदिनुपर्छ ।

ग्यालरीलाई व्यवस्थापन गर्नुस्

सबैको स्मार्टफोनको ग्यालरी फोटो र भिडियोहरुले भरिएको हुन्छ । यस्तोमा तपाईंको फोनको स्पेस सकिन थाल्छ र फोनको प्रोसेसिङ कम हुन्छ । यस्तोमा आफ्नो भिडियो र फोटोलाई तपाईं ग्यालरीको सट्टा द क्लाउड वा गूगल फोटोजमा सेभ गर्न सक्नुहुन्छ । यसबाट फोनको स्टोरेजमा बढी लोड पर्दैन ।

फ्याक्ट्री रिसेट

यदि यति गर्दा पनि तपाईंको फोन ठीक भएन भने त्यसलाई फ्याक्ट्री रिसेट गरिदिनुस् । फोनको इन्टरनल मेमोरी बढाउने यो अन्तिम उपाय हो । यो कुरा ध्यानमा राख्नु आवश्यक छ कि, फ्याक्ट्री रिसेटको अप्सनमा जानुभन्दा अगाडि फोनको महत्वपूर्ण डाटाहरुलाई ब्याकअपमा राख्नुपर्छ, किनकि यसपछि तपाईंको फोनको सबै डाटा डिलिट हुन्छ ।  @अनलाइनखबर

प्रकाशित मिति: Jan 25, 2017

प्रतिक्रिया दिनुहोस्