Logo
१३ बैशाख २०८१, बिहीबार
(January 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नेपालको आन्तरिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप गरेको छैन’

काठमाडौं, १२ माघ । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपालको आन्तरिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप नगरेको स्पष्ट पारेका छन् । उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई थप मजबुद र आगामी दिनमा आर्थिक साझेदारीमा केन्द्रित रहेर अघि बढाउनुपर्ने जोड दिए ।

उनले भने,‘भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यैपनि हस्तक्षेप गरेको छैन, यो कुरा नेपालीहरुको मनमा पनि छैन, हस्तक्षेप गरेर भारतलाई के फाईदा हुन्छ ?’ राजदुत रायले नेपालमा अस्थिरता भए भारतलाई के फाईदा हुन्छ भन्दै उल्टै प्रश्न समेत तेर्साए।

भारतीय ६८ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार राजधानीमा आयोजित कार्यक्रममा राजदुत रायले नेपाल–भारत सम्बन्ध देश–देशवीचको सम्बन्ध मात्रै नभएर व्यक्ति–व्यक्तिवीचको सम्बन्ध भएको बताउँदै भने,‘नेपाल–भारत द्धिपक्षीय सम्बन्ध प्रगाढ छ, अब २१ औं शताब्दी अनुसार द्धिपक्षीय सम्बन्धलाई कसरी थप मजबुद बनाउने भन्ने हामीवीच चूनौतिहरु छन्, त्यतातर्फ हामीले सोच्नुपर्छ।’

रायले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अब सामाजिक, साँस्कृतिक, धार्मिकका साथसाथै आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने धारणा राखे। रायले थपे,‘अबको हाम्रो सम्बन्धनको आधार नै आर्थिक एजेण्डा बनाउनुपर्छ, काँधमा काँध मिलाएर कसरी विकास र आर्थिक समृद्धिको बाटोमा हिड्न सकिन्छ भनेर सोच्नुपर्छ।’ उनले पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गरिरहेको बताए।

प्रकाशित मिति: Jan 25, 2017

प्रतिक्रिया दिनुहोस्