Logo
१२ बैशाख २०८१, बुधबार
(January 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रपत्रिका वर्गीकरणविरुद्ध सर्वोच्च अदालत जाने तयारी

काठमाडौ ।  पत्रपत्रिकाको भेदभावपूर्ण वर्गीकरणविरुद्ध साना पत्रिका संचालकहरु सर्वोच्च अदालत जाने भएका छन् ।  वर्गिकरणविरुद्ध गठन भएको संघर्ष समितिको बैठकले प्रेस काउन्सिल नेपालका सूचना अधिकारी दिपक खनालले उपलब्ध गराएको हस्ताक्षरसहितको १७ बुँदे सूचना अपुष्ट र अपुरो भएको भन्दै संघर्ष समितिले सूचना आयोगलाइ समेत जानकारी गराउने भएको छ ।

बैठकले प्रेस काउन्सिलको गैर जिम्मेवारी जवाफको विषयलाई लिएर सुचना आयोगमा निवेदन दर्ता गराउँदै प्रमाणसहित भेदभावपूर्ण वर्गीकरण खारेजको विरुद्ध सर्वोच्च अदालत जाने निर्णय समेत गरेको छ । भेदभावपूर्ण वर्गीकरण खारेज नभएसम्म आन्दोलन जारी राख्दै कानूनी न्यायको लागि सूचना आयोग, सर्वोच्च अदालत लगायत विभिन्न निकायहरुमा जाने निर्णय गरेको पत्रकार प्रविण जोशीले बताए ।

जोशीले प्रेस काउन्सिलको २०७३ पौष १३ बसेको बोर्ड बैठकले पत्रपत्रिकाको वर्गीकरण गर्दा भेदभाव पूर्ण ढंगले गरीएको र बैठकमा अध्यक्ष वोर्णबहादुर कार्की पत्रकार महासंघका अध्यक्ष्य डाक्टर महेन्द्र विष्ट सदस्यहरु इश्वरी प्रसाद ओझा, किशोर श्रेष्ठ, खिलबहादुर भण्डारी, गोविन्द चौलागाई, सुर्दशन आचार्य लगायतका सदस्यहरुले पनि हस्ताक्षर गरेको पाइएको बताए ।

प्रकाशित मिति: Jan 24, 2017

प्रतिक्रिया दिनुहोस्