९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन
काठमाडौं, ११ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन् ।
मंगलवार विहान सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीले आपूर्ति र अर्थ मन्त्रालयसहित आयल निगमका पदाधिकारीहरुलाई ९० दिनलाई पुग्ने गरी पेट्रोल, ग्याससहितका पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । उनले पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक वजेटको व्यवस्था गरिने पनि जानकारी गराए ।
प्रधानमन्त्रीले अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य यथाशक्य सक्ने गरी काम अघि बढाउन पनि निर्देशन दिएका छन् । जनतालाई राहत दिने गरी के गर्न सकिन्छ यसवारे उपाय खोज्नसमेत प्रधानमन्त्रीले निर्देशन दिए ।