Logo
१५ चैत्र २०८०, बिहीबार
(January 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेमा सामान्य गिरावट, बिकास बैंक र बीमा बाहेक सबैले गुमाए – तालिकासहित

काठमाडौं, ५ माघ । नेप्सेमा आज भने सामान्य अंकको मात्र गिरावट देखिएको छ । आज नेप्से शुन्य दसमलव ८१ अंकले घटेर १४ सय दसमलव ६८ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि शुन्य दसमलव १५ अंकले घटेर तीन सय १७ दसमलव १९ अंकमा कायम रहेको छ ।

कुुल एक सय ३३ कम्पनीहरुको तीन हजार एक सय १६ वटा कारोवारमा १२ लाख १७ हजार छ सय १९ वटा कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३० करोड ९४ लाख २७ हजार पाँच सय ३० रुपैयाँ पुुगेको छ ।

सबैगरी आठ वटा समुहको कारोवार भएकोमा आज बिकास बैंक र बीमा समुहको कारोवार बढेको छ भने बाँकी समुहको कारोवार घटेको छ । बीमा समुहको सुचक ६६ दसमलव ७१ अंकले बढेर छ हजार आठ सय चार दसमलव १९ अंकमा कायम रहेकोमा चार करोड ९३ लाख २० हजार आठ सय रुपैयाँको कारोवार भएको छ  ।

बिकास बैक समुहको सुचक पनि छ दसमलव छ अंकले बढेर १५ सय १४ दसमलव ५८ अंकमा कायम रहेकोमा चार करोड दुुई लाख ३८ हजार एक सय रुपैयाँको कारोवार भएको छ । बाँणिज्य बैंक समुहको सुचक भने सो दिन तीन दसमलव ५८ अंकले घटेर १४ सय दसमलव ६८ अंकमा कायम रहेकोमा १७ करोड ५१ लाख ९७ हजार रुपैयाँको कारोवार भएको छ ।

होटल समुहको सुचक २२ दसमलव ६२ अंंकले घटेर १८ सय ५७ दसमलव ९५ अंकमा कायम रहेकोमा तीन लाख २६ हजार ७५ रुपैयाँको कारोवार भएको छ । आज फाईनान्स, जलबिद्युुत, उत्पादनमुुलक र अन्य समुहको कारोवार पनि उच्च अंकले घटेको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको जनउत्थान सामुुदायिक लघुबित्त बिकास बैक परेको छ भने गुुमाउने कम्पनीको सुचीमा हिमालयन डिष्ट्रिलरी परेको छ । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने  प्रभुु बैक परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम कारोवार भएको मुल्य  बढेको मुल्य
 जनउत्थान सामुदायिक लघुबित्त     १८६० ८.०८
तिनाउ बिकास बैंक      ३६३ ७.७२
३  कालिका माईक्रो क्रेडिट      १८६५ ५.८४
महिला सहयात्रा बित्तीय संस्था    ७०९  ५.८२
साँग्रिला डेभलपमेन्ट बैंक   ३५२   ४.७६

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
 हिमालयन डिष्ट्रलरी प्रालि     ६७५  १०
खानी खोला हाईड्रो पावर     २९२  ९.८७
सेती फाईनान्स        १९० ८.२१
ग्रिन डेभलपमेन्ट बैंक      ५८०  ६.७५
५  लक्ष्मी लघुबित्त बित्तीय संस्था      १०८७ ५.०६

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम   कारोवार भएको रकम अन्तिम मुल्य
१  प्रभुु बैंक      ३६३२१६८९ ३४७
 सिद्धार्थ बैक      १८१९१६२६ ९९१
नेपाल लाईफ इन्स्योरेन्स     १४७५२३०५ २७४०
४  स्टान्र्डड चार्टड बैंक    १२८२८४३८  २१९५
नेपाल इन्भेष्टमेन्ट बैंक   १२८१९३५४   ७०८

प्रकाशित मिति: Jan 18, 2017

प्रतिक्रिया दिनुहोस्